इनर ह्वील क्लब अफ दमौलीकाे अध्यक्षमा सिर्जना

इनर ह्वील क्लब अफ दमौलीकाे अध्यक्षमा सिर्जना

इनर ह्वील क्लब अफ दमौलीकाे अध्यक्षमा सिर्जना घिमिरे चयन भएकी छन् । क्लवकाे ११ औ पदस्थापन कार्यक्रममा २०२४/२०२५ कि अध्यक्ष नारायणी श्रेष्ठले २०२५ /०२६ का लागि घिमिरेलाई अध्यक्षकाे पद हस्तान्तरण गरेकी हुन् । क्लवकाे उपाध्यक्षमा सविता श्रेष्ठ ,सचिवमा सरू श्रेष्ठ ,कोषाध्यक्षमा गोमा श्रेष्ठ ,आईएस ओ सुनिता श्रेष्ठ ,सम्पादक अन्जु श्रेष्ठ तथा सदस्यहरूमा सन्जु जि सी ,सुशिला राई,बबिता मल्ल शाही ठकुरी र कल्पना अधिकारी चयन भएका छन् ।

उक्त पदस्थापन कार्यक्रममा प्रमुख अतिथि इनरह्विल क्लबकी डिष्टिक्ट ३५० चियरमेन कमला श्रेष्ठले बाेल्दै दुर्गम क्षेत्रका महिलाहरूलाई बाल शिक्षाको महत्त्व ,महिलाहरूमा हुने स्तन क्यान्सर लगाएत विभिन्न रोग बारे जनचेतना जगाउनु पर्ने बताइन् ।

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष नारायणी अधिकारी  , इनरह्विल क्लब २०२५/ २६ पोखराका अध्यक्ष बिन्दु के सी , व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ ,व्यास ३ का अध्यक्ष अनुप राना, व्यास ९ का वडा अध्यक्ष सुरेश थापा ,वडा नं ४का वडा सदस्य गौकुमारी न्यौपाने,रोटरी क्लब दमौलीका अध्यक्ष विणा कैनी लगाएतले समाज र देश निमार्ण गर्न महिलाकाे महत्त्वपूर्ण भुमिका रहेकाले महिला शिक्षित भए घर र समाज शिक्षित हुने बताएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page