आदिकविकाे सदस्यमा सबैभन्दा धेरै मत विवेकलाइ , दाेस्रामा माेहन
आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिकाे सदस्यमा सबैभन्दा धेरै मत विवेक भट्टराईले पाएका छन् । कुल खसेको ६७७ मतमध्ये भट्टराईले सबैभन्दा धेरै ५०२ मत पाएका हुन् । काङ्ग्रेस पृष्ठभूमिका युवा नेता भट्टराई यसअघि लेखा समितिमा रहेर काम गरेका थिए । समितिकाे सदस्यहरूमा दाेस्राे धेरै मत मोहन गिरीले ५०० पाएका छन् ।

यस्तै डा. इश्वरचन्द्र वाग्ले ४९२, सुनिल मिश्र ४९०, रामकृष्ण विक ४६९, संगित घिमिरे ४६१, सोमराज सिग्देल ४३५, भरत पन्थ ४१९, श्रीराम कार्की ४१७, निर्मल पण्डित ३४१, इश्वरबहादुर विष्ट ३३४ र भाग्यशाली ढुंगाना ३१४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
अध्यक्षमा भने केशबहादुर सुनार निर्वाचित भएका छन् ।

























