दमाैलीमा भएको गुरूङ फिल्म ” मुख्या ” काे प्रदर्शनीमा मन्त्री , मेयर लगायतको उपस्थिति

दमाैलीमा भएको गुरूङ फिल्म ” मुख्या ” काे प्रदर्शनीमा मन्त्री , मेयर लगायतको उपस्थिति

नेपाल तमु विद्यार्थी छोंज धीं, जिल्ला कार्यसमिति तनहुँले शनिबार दमौलीमा आयोजना गरेको गुरुङ चलचित्र ‘मुख्या’ काे प्रदर्शनी भब्य रूपमा सम्पन्न भएको छ । दमौली QFX मा भएको चर्चित निर्माता प्रितम गुरुङको ५० औं गुरुङ चलचित्र एवं तनहुँकी चेली नायिका रिया गुरुङको अभिनय रहेको “मुख्या” काे विशेष प्रदर्शनमा प्रमुख अतिथीको रूपमा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रि टकराज गुरूङ , व्यास नपा प्रमुख बैकुण्ठ न्याैपाने , प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी सहितको उपस्थिति रहेको थियो ।

चर्चित लेखक, निर्माता प्रितम गुरुङ निर्देशित चलचित्र मुख्या यसअघि स्कटल्याण्डमा आयोजित ‘इन्डिजिनियस फिल्म फेस्टिभल’ हुँदै वेलायतमा लामो समय प्रदर्शन भएको थियो।

गुरुङ समुदायमा हुने मुखिया पात्रको कथा भन्ने यो चलचित्र गुरुङ संस्कार संस्कृतिमा आधारित रहेर निर्माण गरिएको छ।

२०५२ सालमा बनेको पहिलो गुरूङ फिल्म पाते (माहिली) का लेखक तथा अभिनेता गुरूङको ‘मुख्या’ ५० औं फिल्म हो। गुरूङ समुदायमा जेठो छोरालाई मुख्या भन्ने चलन छ। मुख्याको पुट्पुटे गर्ने संस्कार छ। यही संस्कृतिभित्रको विकृति कोट्याउने पारिवारिक कथामा फिल्म बनाएको ,’ प्रीतमले बताए ।
उत्तरी लमजुङको एउटा गाउँमा फिल्मको छायांकन गरिएको छ।

फिल्ममा टिकाराम घले, विष्णु गुरूङ, रिया गुरूङ, सविना गुरूङ, रेशम गुरूङ, सुमन गुरूङ, दिनेश गुरूङ लगायत कलाकारले अभिनय गरेका छन्।
काठमाडौंमा गत शुक्रबारबाट प्रदर्शन गरिएको चलचित्रलाई दर्शकहरुले रुचाएका छन्।

रोधि डिजिटलको व्यानरमा निर्मित यस चलचित्र
वेलायतबाट प्रदर्शन शुरु गरेर काठमाडौँकाे अपार सफलता पश्चात दमौलीमा प्रदर्शन भएको हो ।

यसपछि भाद्र ३१ र असोज ४ गते लमजुङ्गको बेशीशहरमा मुख्या प्रदर्शन गर्ने तयारीमा रहेको यसकाे निर्माण टिमले बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page