निजामति दिवसमा मालपोत कार्यालयका पहिलो सेवाग्राहीलाई सम्मान

निजामति दिवसमा मालपोत कार्यालयका पहिलो सेवाग्राहीलाई सम्मान

निजामति सेवा दिवसको अवसरमा मालपोत कार्यालय तनहुँले कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । पहिलो सेवाग्राही जिल्लाको भानु नगर पालिका–११ का धिर बहादुर थापाकाे छाेरा दीप बहादुर थापालाई सम्मान गरिएको हो । थापा घरयासी कामकाे लागि भानुकै जनज्योति बचत तथा ऋण सहकारी संस्थाबाट धितो पासकाे लागि आइतबार बिहान १० बजे मालपोत कार्यालय तनहुँ पुगेका थिए । आफू सम्मानित हुन पाउँदा थापाले कार्यालय परिवारलाई आभार व्यक्त गरे ।
प्रमुख मालपोत अधिकृत केशवराज सुवेदीले थापालाई खादा, माला, फूलको गुच्छा र अविर लगाएर सम्मान गरेका हुन् ।
‘सरकारी तथा सार्वजनिक निकायले सेवाग्राहीलाई सम्मानपूर्वक सेवा दिनुपर्छ भन्ने सन्देश दिन पहिलो सेवाग्राहीलाई सम्मान गरेका हौं’, प्रमुख मालपोत अधिकृत सुवेदीले भने, ‘सार्वजनिक निकायका लागि सेवाग्राही नै सबैकुरा हुन भन्ने कुरा बुझ्नु र बुझाउनु जरुरी छ ।’ यस अवसरमा सुवेदीले कार्यालयमा आएका सेवाग्राहीलाई निजामति कर्मचारी तथा सेवाग्राहीको सुमधुर सम्बन्धले मात्रै सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुने भन्दै सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।


सम्मान कार्यक्रममा विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरू, लेखापढी व्यवसायीहरुकाे उपस्थिति रहेको थियोे । कार्यालय प्रमुख सुवेदीले हरेक दिन फाँटमै बसेर सेवाग्राहीलाई सेवा दिँदै आएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page