लागु औषध सहित आँबुखैरेनीबाट सुनिल पक्राउ

लागु औषध सहित आँबुखैरेनीबाट सुनिल पक्राउ

नियन्त्रित लागु औषध सहित आँबुखैरेनीबाट १ जना व्यक्ति पक्राउ परेका छन्। आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा प्रहरी टोलीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई चेकजाँच गर्ने क्रममा ती व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा लमजुङकाे बेशीसहर नगरपालिका वडा नं. ७ बस्ने वर्ष २६ को सुनिल गुरुङ रहेका छन् । गुरूङले पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Tramadol Hydrochloride Capsules लेखिएको जम्मा ३०० क्याप्सुल नियन्त्रित लागु औषध सहित माेवाइल समेत पक्राउ गरीएकाे इलाका प्रहरी कार्यालय आँबुखैरेनीका इन्स्पेक्टर टेक प्रसाद सुवेदीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page