डुम्रेमा बस र म्याजिक जिप ठाेक्किँदा दुई जना घाइते
तनहुँकाे बन्दिपुर गापा-४ सानो डुम्रे स्थित मोति अस्पताल अगाडी सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । पृथ्वीराजमार्ग स्थित डुम्रेबाट नारायणगाढ तर्फ जाँदै गरेको ना१ज ८३२८ नम्बरको म्याजिक जिपलाई सोही दिशा जाँदै गरेको ना८ख ८४१३ नम्बरको बसले पछाडीबाट ठक्कर दिँइ दुर्घटना हुँदा म्याजिक जिप सवार चालक सहित ४ जना सवार मध्ये २ जना घाईते भएको प्रहरीले बताएको छ ।

घाइतेलाइ उपचारको लागि मोती अस्पताल डुम्रेमा पठाईएको तथा बस र बस चालक सिन्धुपाल्चोक साँगाचोकगढि नपा-३ बस्ने बर्ष ३२ को राजु गिरी र म्याजिक जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते हुनेमा बन्दिपुर १ बस्ने बर्ष ४५ की रिता पोख्रेल टाउकोमा चोट अवस्था सिरियस रहेको र गोरखा नपा- ७ बस्ने बर्ष ३२ को सुवास कुमाल छातिमा चोट अवस्था मध्यम रहेको हाल दुबै जनालाई थप उपचारको लागि CMC चितवन रिफर गरिएको बताइएको छ ।

























