दमाैलीमा निषेधाज्ञा जारी , ५ जना भन्दा बढी जम्मा हुन नपाउने

दमाैलीमा निषेधाज्ञा जारी , ५ जना भन्दा बढी जम्मा हुन नपाउने


दमाैलीमा निषेधाज्ञा जारी रहेकाे छ । निषेधाज्ञाका समयमा ५ जना भन्दा बढी भेला जम्मा हुन नपाइने तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए । कर्फ्युकाे लागि साँझतिरकाे अवस्था हेरेर थप निर्णय गरिने तर निषेधाज्ञा भने जारी रहेको अधिकारीले जानकारी दिए । व्यास नगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हाे ।

नेपाली सेनाले पनि सर्वसाधारण मानिसहरू सामान्य हिँडडुल गर्न पाउने तर अवस्था सहज नहुँदासम्म ठुलो समुहमा भेला हुन नपाउने बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page