दमाैली सेतीबुल्दीघाट नजिकै एक बृद्ध महिलाको बेवारिसे शव फेला

दमाैली सेतीबुल्दीघाट नजिकै एक बृद्ध महिलाको बेवारिसे शव फेला


व्यास नगरपालिका वडा नं ३ स्थित सेतीबुल्दीघाट नजिकै एक वृद्ध महिला मृत फेला परेकी छन् । मादीसेती नदिले बगाएर ल्याएको उक्त महिलालाई स्थानीयले देखेर बाहिर निकालेका थिए ।

स्थानीयले खबर गरेपछि तत्कालै प्रहरी उक्त ठाउँमा पुगेको थियो । उनको शव अहिले दमाैली अस्पतालमा राखिएको र पहिचान हुन नसकेको बताइएको छ । प्रहरी प्रमुख एसपी टेकबहादुर कार्कीले एकजना महिलाको बेवारिसे शव फेला परेको बताए ।

यससँगै दमाैली अस्पतालमा बेवारिसे शव ३ वटा भएको छ । यसअघि पराशर आश्रममा बस्ने एक वृद्ध र ३ दिनअघि तालघरे पुल मुनि फेला परेकी एक महिलाकाे शव पनि पहिचान खुल्न नसक्दा बेवारिसे अवस्थामा बसेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page