तनहुँ कारागारबाट भागेका ३२७ कैदीबन्दी मध्ये १२ जना पक्राउ

तनहुँ कारागारबाट भागेका ३२७ कैदीबन्दी मध्ये १२ जना पक्राउ

तनहुँ कारागारबाट मङ्गलबार साँझ ३२७ जना कैदीबन्दी फरार भएकामा बिहीबारसम्ममा १२ जना पक्राउ परेका छन् । जेनजी आन्दोलन चर्किएपछि सदरमुकाम दमौलीस्थित विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भइरहेका बेला कैदीबन्दी पनि भागेका थिए ।

कारागारबाट भाग्नेमा २० जना महिला र बाँकी सबै पुरुष रहेको कारागार प्रशासनले जनाएको छ ।“स्थिती नियन्त्रण बाहिर गएपछी कैदीबन्दी भाग्न सफल भएका थिए ।” मङ्गलबार दिउँसोदेखि आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन लगायतका, जिल्ला समन्वय समिति, तनहुँ जिल्ला अदालत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सिँचाइ कार्यालय लगतयतमा आगजनी र तोडफोड गरेका थिए । 
सोही क्रममा कारागार परिसर पनि निशानामा परेपछि कैदीबन्दी भागेका हुन् । फरार कैदीबन्दीमध्ये कतिपय सजाय भुक्तान गरीरहेका सामान्य मुद्दाका रहे पनि धेरै जना गम्भीर आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँले १२ जनालाई पुन पक्राउ गरेको जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page