कांग्रेस नेता भण्डारीको मर्मस्पर्शी सन्देशःतपाईहरुको पीडामा मलम लगाउन छिट्टै आउनेछु

कांग्रेस नेता भण्डारीको मर्मस्पर्शी सन्देशःतपाईहरुको पीडामा मलम लगाउन छिट्टै आउनेछु

जेनजी आन्दोलनका क्रममा राजधानी लगायतका देशका विभिन्न स्थानमा ५१ जनाको ज्यान जाने गरी भएको मानवीय तथा भौतिक क्षतिको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु । यस घटनाले व्यक्तिगत रुपमा मलाई र नेपाली कांग्रेस पार्टीलाई अत्यन्त दुःखित तुल्याएको छ । घटनामा ज्यान गुमाउनेहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन राज्यसँग जोडदार माग गर्दछु । साथै आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारमा कुनै कसर बाँकी नराख्न समेत जोडदार माग गर्दछु ।

जेनजी आन्दोलनका क्रममा गृह जिल्ला तनहुँमा समेत सरकारी तथा निजी सम्पतिहरुमा भएका आगजनी र तोडफोडको घटनाले अत्यन्त मर्माहित भएको छु । प्रिय जिल्लाबासीहरु सँग यो दुःखको घडीमा प्रत्यक्ष रुपमा भेटघाट गरि मलम लगाउने तीब्र इच्छा हुँदाहुँदै पनि आन्दोलनकारीहरुले मेरो घरमा समेत आगजनी र तोडफोडको घटना गराएको हुँदा तत्काल जिल्ला आएर तपाईहरुसँग भेटघाट गर्न असमर्थ रहेको जानकारी गराउँदछु । यहाँहरुको दुःखमा साथ दिन समय मिलाएर छिट्टै गृह जिल्ला आउने प्रतिवद्धता जाहेर गर्दछु ।

मुलुकको राजनीति यतिबेला जटिल परिस्थितीमा रहेको विषय सम्पूर्ण देशबासीलाई अवगत नै छ । यस विपद्को घडीमा संयमता अपनाउन सम्पूर्ण राजनीतिक दल, आमनागरिक र सरोकारवाला पक्षहरुलाई आग्रह गर्दछु । राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुले विगत देखिनै नेपाललाई क्रिडास्थल बनाउँदै आईरहेको विषय सम्पूर्ण देशबासीलाई जगजाहेर नै छ । यो जटिल घडीमा अझ क्रिडास्थल बनाउन सक्ने हुँदा सजग रहन राजनीतिक दल र आम नागरिकका लाई आग्रह गर्दछु । अन्त्यमा, कानुनी मूल्य मान्यतालाई स्थापित गर्दै जेनजी आन्दोलनका क्रममा भएका आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कार्वाहीको दायरमा ल्याउन समेत जोडदार माग गर्दछु ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page