तोडफोड र आगजनीको घटनाप्रति तनहुँ कांग्रेसद्धारा दुःख व्यक्त

तोडफोड र आगजनीको घटनाप्रति तनहुँ कांग्रेसद्धारा दुःख व्यक्त

जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडको घटनाप्रति तनहुँ कांग्रेसले दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले शनिबार एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय , तनहुँको पार्टी कार्यालय , पार्टीका केन्द्रीय सदस्यहरु शंकर भण्डारी र प्रदीप पौडेल लगायत अन्य नेता तथा कार्यकर्ता ,अन्य राजनीतिक दल र सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडको घटना प्रति दुःख व्यक्त गरिएको छ ।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा ,देशैभरिका नेता तथा कार्यकर्ता र जिल्ला स्तरीय नेता तथा कार्यकर्ता माथि भएको भौतिक आक्रमण र दुव्र्यवहारको घटना प्रति समेत दुःख व्यक्त गरेको छ ।
विज्ञपप्तिमा जेनजी पुस्ताको आन्दोलनमा सहादत प्राप्त गर्नेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

सचिव खनालद्धारा जारी विज्ञपप्तिमा भनिएको छ –
२०८२ भाद्र २३ र २४ गते नेपालका Gen-Z पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका सबैप्रति नेपाली कांग्रेस तनहूँ परिवार गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनु भएका सम्पुर्ण महान नेपाली आमाका सपुतहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

अर्को तर्फ Gen-Z पुस्ताको आन्दोलनलाई धमिलो बनाई, गलत मनसाय पुरा गर्ने विभिन्न समुहहरुले २४ गते विहानै देखि अकल्पनीय ढंगले सर्वोच्च अदालत, देश भरका विभिन्न कार्यालय तथा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँ र अन्य सरकारी कार्यालय, नेपाली कांग्रेस तनहंको कार्यालय एव अन्य राजनैतिक दलको कार्यालयमा तोडफोड र आगजनी गर्ने तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा, तनहुँका केन्द्रीय सदस्य शंकर भण्डारी र प्रदिप पौडल लगायत अन्य नेताहरुको घरमा तोडफोड तथा भौतिक आक्रमण जस्तो अपराधिक क्रियाकलाप गरिएको एवं जिल्ला स्तरिय नेता तथा पार्टी सदस्यहरुमा राजनैतिक आस्थावानका कारण अभद्र व्यवहार गरिएको क्रियाकलाप प्रति घोर भत्सना गर्दछौ। उक्त अप्रिय र अनपेक्षित घटनाहरुको छानविन गरि कार्वाहीको दायरामा ल्याउन समेत जोडदार माग गर्दछौ ।

साथै भाद्र २३ गते भएको अकल्पनीय घटनाको आज असोज ४ गते हुने १३ औ दिन जीवन गुमाएका सबैको चिरशान्तिको कामना गर्दै आज साझ पार्टीका विभिन्न तह एवं भातृ संघ तथा सुवेक्षुक संस्थाको तर्फबाट हुन गईरहेको दीप प्रज्वलन कार्यक्रममा सहभागी भई दिनुहुन समेत सबै लोकतन्त्र प्रेमी दिदी वहिनी तथा दाजुभाईहरुमा अनुरोध गर्दछु ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page