श्रमिक सहकारीको अध्यक्षमा साेम
श्रमिक बचत तथा ऋण सहकारी संस्था व्यास २ दमाैलीकाे बुधबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा साेम आले सर्वसम्मत चयन भएका छन् । समितिकाे उपाध्यक्षमा हिराबहादुर खाती, सचिवमा ख्रष्टिराम थापा , काेशाध्यक्षमा बमबहादुर थापा , लेखा समिति संयाेजकमा बिष्णु प्रसाद वाग्ले लगायत निर्वाचित भएका छन् ।

त्यसअघि सहकारीका उपाध्यक्ष बिकास खनालकाे अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सेयर सदस्य एवम् म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कार्यक्रमकाे उद्घाटन गरेका थिए । उक्त अवसरमा सचिव ख्रष्टिराम थापाले सचिवको, कोषाध्यक्ष हिराबहादुर खातीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक विष्णुप्रसाद वाग्लेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले तीनवटै प्रतिवेदन पारित गरेको छ ।

























