जिल्ला प्रशासन तनहुँमा आजबाट राष्ट्रिय परिचयपत्र बन्ने
जेनजी आन्दोलनमा जलेर ध्वस्त हुँदा तनहुँमा राेकिएकाे राष्ट्रिय परिचयपत्रकाे काम आजबाट सुचारु हुने भएको छ ।
भदौ २४ गते साँझ आएका प्रदर्शनकारीले प्रशासन कार्यालयका दुई वटा भवनमा आगजनी गरी पूर्ण क्षति बनाएपछि अन्य कामहरू सुचारु भए पनि परिचयपत्र र राहदानीकाे काम हुन सकेको थिएन । परिचयपत्रकाे काम आजबाट भए पनि राहदानीकाे काम भने अझै सुरु हुन केही दिन लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले बताए ।

कार्यालय भवन जलेर नष्ट भएपछि सुरुका केही दिन सबै सेवा ठप्प रहेको थियो । पछि परिचयपत्र र राहदानी बाहेकका सबै सेवा उपलब्ध भएकाे अवस्थामा परिचयपत्र आजबाट बन्ने भए पछि अब राहदानी बाहेकका सबै कामहरू सुचारु हुने भएको छ ।

























