भिक्टोरिया डान्स प्रतियोगितामा ” टिम ७ “बन्यो बिजेता

भिक्टोरिया डान्स प्रतियोगितामा ” टिम ७ ” बिजेता बनेको छ ।
भिक्टोरिया डान्स स्कूल, दमौलीले सनिवार आयोजना गरेको “भिक्टोरिया डान्स प्रतियोगिता–सेसन ४”का फाइनलमा पुगेका १२ प्रतिस्पर्धी समुहलाई पछि पार्दै टिम ७ बिजेता बनेको हाे । प्रतियोगितामा पहिलो रनरअप आरजे ट्राइ स्टार बनेको छ । यस्तै दोस्रो रनरअपमा नताशा श्रेष्ठ तथा सोजिना थापा बन्दा थर्ड रनरअपमा जेराे स्टाईल साथै, ट्रिपल टिमले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।

विजेताहरूलाई क्रमशः ५० हजार. २५ हजार , १५ हजार सहित ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिएको थियो । साथै विभिन्न अन्य विधामा सहभागी प्रतिस्पर्धीहरूलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । जसअनुसार वेस्ट डान्सर अवार्डमा युजन थापा ,अनुशासन अवार्डमा टिआरपी स्टार ,मेहेनत गर्ने टिममा त्रिप्लेस गल्स ग्रुप , उत्कृष्ट हाउभाउमा नतसा श्रेष्ठ , फाेटाे जेनिक बिधामा नतसा श्रेष्ठ , साेजिना थापा रहेका छन् ।
भिक्टोरिया डान्स स्कूलका अध्यक्ष संगम कायस्थकाे अध्यक्षतामा भएको कार्यक्रममा मुख्य अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने रहेका थिए । यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी , सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी ,तनहुँका प्रहरी प्रमुख एसपी टेकबहादुर कार्की ,अनुसन्धानका एसपी मनाेज ढकाल , दमौली अस्पतालका प्रमुख परिवर्तन वराल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। । कार्यक्रममा मुख्य निर्णायक साजन गुरुङ र उनको टिम रहेको थियो !

कार्यक्रममा प्रतियोगिताको सह–आयोजक मोहन बतास फाउण्डेशनका संस्थापक मोहन बतास लगायत अन्य सहयोगी लाई सम्मान गरिएकाे थियो ।
भिक्टोरिया डान्स स्कूलका प्रोपाइटर तथा नृत्य निर्देशक सार्जन थापाका अनुसार,आगामी संस्करणहरूमा प्रतियोगितालाई अझै व्यापक र राष्ट्रिय स्तरमा पुर्याउने योजना बनाइएको छ। यस किसिमका कार्यक्रमले बालबालिकाको अतिरिक्त कृयाकलापको साथै सामाजिक क्षेत्रमा सहज बनाउने विश्वास लिइएको छ । कार्यक्रमकाे सहजीकरण अनुराग थापाले गरेका थिए ।

























