आँबुखैरेनीमा भएको मोटरसाईकल दुर्घटनामा अर्जुन र बादल घाईते
तनहुँकाे आँबुखैरेनी गा.पा. वडा नं १ सत्रसय स्थित पृथ्वीराजमार्गमा माेटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी तर्फ जाँदै गरेको बा. प्र.०३ ०३४ प. ७६३१ नं को मो.सा. अनियन्त्रित भई दुर्घटना हुँदा उनिहरू घाइते भएका हुन् ।

घाइते हुनेमा मो. सा.चालक गोरखाकाे गण्डकी गा.पा. ८ घ्यालचोक बस्ने बर्ष २८ को अर्जुन सार्की र पछाडि सवार चितवन ईच्छाकामना गा. पा. वडा नं. १९ सिमलताल बस्ने बर्ष अ. ३१ को बादल गुरुङ रहेका छन् । टाउको घुँडा , पाखुरा सहितका ठाउँमा चोट लागेका घाईतेहरूलाइ उपचारको लागि ऑबुखैरेनी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


























