ट्राफिक इन्स्पेक्टर चन्द – जसले ट्राफिक कार्यालयलाई घरेलुु कार्यालयमा राख्ने व्यवस्था मिलाए

ट्राफिक इन्स्पेक्टर चन्द – जसले ट्राफिक कार्यालयलाई घरेलुु कार्यालयमा राख्ने व्यवस्था मिलाए


जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्ण बहादुर चन्दको निकै लामो समयदेखिकाे मेहेनत र सक्रियताले ट्राफिक कार्यालय रहने ठाउँको टुंगो लागेको छ । करिब १४ महिना तनहुँ बसी भर्खरै काठमाडौं सरूवा भएका चन्दले यहाँ आएदेखीनैँ ट्राफिक कार्यालय राख्ने ठाउँ खाेजी कार्यलाई उच्च प्राथमिकता दिएर ठुलो सक्रियता देखाएका थिए । आफ्नैँ भवन नहुँदा निकै दुख भाेग्नुपरेकाे तनहुँ ट्राफिक लाई भवन टुंगो लागेसँगै अब सहज हुने भएको छ ।
हाल भाडामा व्यास ४ सिमलटारमा रहेको ट्राफिक कार्यालय अस्तव्यस्त र सानो कोठा भएको भवनमा छ । दमौली बजारका सार्वजनिक जग्गा तथा जिल्ला समन्वय समिति तनहूँका जग्गाहरु विभिन्न संघसंस्था तथा व्यक्तिहरुले भोगचलन गरेपनि ट्राफिक कार्यालयले भवन निर्माणका लागि पाउन सकेको थिएन ।

   ट्राफिक कार्यालय तनहुँले विगत लामो समय देखी व्यास ४ दमौली स्थित जिप्रका तनहुँ अगाडीबाट कामकाज गर्दै आएको थियो । त्यहाँ पृथ्वीराजमार्ग सडक विस्तारका बेला घर भत्कने अवस्था भएपछि २०८१।०२।०२ गते देखी व्यास ४ सिमलटार स्थित सुगम पेट्रोलपम्पको अगाडी बाट निम्तो पाटी प्यालेस हुँदै अन्दाजी १५० मिटर भित्र सरेको थियो । उक्त भवनमा रहँदा ट्राफिक कार्यालय डुवानमा समेत परेको थियो । यस्तै सर्वसाधारणलाई समेत जानकाे लागि अफ्ट्यारो रहेको थियो । यस्तो अवस्थामा इन्स्पेक्टर चन्दको सक्रियताले सार्थकता पाएकाे मात्रै छैन प्रहरी तथा आम नागरिकलाई सहजता समेत हुने भएको छ । 

लामो समयदेखिकाे प्रयास कसरी सफल भयो भन्ने प्रश्नमा इन्स्पेक्टर चन्दले हामी निरन्तर प्रयासमा थियौँ , विभिन्न ठाउँको बारेमा कुरा भइरहेको थियो , यसै सन्दर्भमा पुरानो घरेलुु कार्यालय भवनमा टुंगो लागेको उनलेे बताए । केही दिन अगाडि मुख्यमन्त्री सुरेन्द्र पाण्डे तनहुँका सरकारी कार्यालय निरीक्षणको क्रममा आउँदा यश बिषयमा टुंग्याउन भनिएको र प्रक्रिया अगाडि बढेको उनलेे बताए । कागजी प्रक्रिया अगाडि बढिसकेको र जिल्ला प्रशासन कार्यालयबाट पत्र समेत भवन स्विकृतिकाे लागि पठाइसकेको भन्दै चन्दले छिट्टै स्विकृति आउने र कार्यालय सार्ने बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page