भादगाउँमा माेटरसाइकलले पैदलयात्रीलाइ ठक्कर दिँदा थापा र दरै घाइते
तनहुँकाे ब्यास न.पा.१ भादगाउँ स्थित भित्री सडक खण्डमा दमौली बाट छाब्दि तर्फ जादै गरेको ग.२३प ५७०० न.को मो.सा.ले पैदल यात्री लाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा पैदल यात्री ऋषिङ गा.पा.१ खुदी घर भई हाल भादगाउँ बस्ने बर्ष ३४ को धन ब.थापा र मो.सा.पछाडी सवार ऐ.बस्ने बर्ष १८ की कृपा दरै रहेकाे प्रहरीले बताएको छ। थापाको अबस्था मध्यम रहेको र प्रदेश अस्पताल दमौलीमा उपचार भई रहेको छ ।

यस्तै दरैको टाउकोमा चोट अबस्था मध्यम भएकोले रत्नहरी अस्पताल दमौलीमा उपचार भई राति २३:०० बजे मोट्रोसिटी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


























