आँबुखैरेनीमा नयाँ इन्स्पेक्टर सुबेदीको स्वागत तथा सरूवा भएका सुबेदीको बिदाई

आँबुखैरेनीमा नयाँ इन्स्पेक्टर सुबेदीको स्वागत तथा सरूवा भएका सुबेदीको बिदाई

इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा नयाँ इन्स्पेक्टरकाे स्वागत तथा सरूवा भएका इन्स्पेक्टरकाे भब्य बिदाई एवम् फेरि भेटाैँला कार्यक्रम सम्पन्न भएको छ।
नियमित सरुवा प्रक्रियाअनुसार प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्र (च.न. २८१७) बमोजिम प्रहरी वृत्त लैनचौर, काठमाडौंबाट आँबुखैरेनीमा सरुवा भई आएका प्रहरी निरीक्षक प्रदिप सुवेदीको स्वागत गरिएको छ, भने आँबुखैरेनीबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय कास्की जान लागेका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीलाई बिदाई एवम् फेरि भेटाैँला कार्यक्रम गरिएको हाे ।
बिदाई कार्यक्रममा प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले प्रहरीको काम देश र जनताको सेवामा कटिबद्व भएर लाग्नु रहेको भन्दै आफु जहाँ रहेपनी त्यसमा लाग्ने बताए। यसैगरी, आँबुखैरेनीमा सरुवा भई आएका नयाँ प्रहरी निरीक्षक प्रदिप सुबेदीले आँबुखैरेनी क्षेत्रको शान्ति, सुरुक्षामा कुनै कमि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमम सहभागी प्रहरी कर्मचारीहरूले दुबै जना निरीक्षकको कार्यकालको शुभकामना व्यक्त गर्दै स्वागत तथा बिदाई गरेका छन । करिब १४ महिना आवुखैरेनिकाे इन्चार्जकाे रूपमा बसेका टेक प्रसाद सुवेदीले निकै राम्रो काम गरेर सबै पक्षलाई समेटेर गएकाे बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page