भानुका श्रेष्ठको घरमा कौडा खेल्ने ५ जना पक्राउ
तनहुँकाे भानु नगरपालिका वडा नं ४ सेपाबगैंचामा काैडा खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

६ गते अ. २३:०० बजेको समयमा सेपाबगैचा स्थित विष्णुमान श्रेष्ठको घरमा हार जित हुने गरी कौडा खेलीरहेको अवस्थामा १ सेट (१६ वटा) कौडा र नगद रु. २५,१४५ ।– सहित ५ जना मानिसहरुलाइ नियन्त्रणमा लिइ थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्कीले बताए ।


























