बाटो बनेपछि सडक दुर्घटना बढ्यो , टिकाकाे दिनमा मात्रै तनहुँमा ८ ठाउँमा दुर्घटना , दर्जनौं घाइते
पृथ्वीराजमार्ग बनेपछि सडक दुर्घटना झन बढेको छ । अधिकांश दुर्घटना चालकले नियन्त्रण गुमाउँदा भएको छ । बाटो राम्रो र चिल्लो देखेपछि चालकले ओभरस्पिड गर्दा नियन्त्रण बाहिर गएपछि अधिकांश दुर्घटना भएको देखिन्छ । यसैबीच तिहारकाे टिकाकाे दिनमा मात्रै तनहुँ खण्डमा ८ ठाउँमा दुर्घटना भएको र थुप्रै मानिसहरू घाइते भएको तनहुँ प्रहरीले बताएको छ ।
६ गते व्यास न.पा. १२ छिर्कन स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा डुम्रेबाट दमौली तर्फ जादै गरेको ग ५ प ७९०७ नं. को (१ जना सवार) मो.सा. चालकले नियन्त्रण गुमाई सडकको डिभाईडरमा ठोक्किदा दुर्घटना भई चालक ऐ. आबुँखैरेनी गा.पा. ४ बस्ने बर्ष ३३ को आशिष गुरुङ घाईते भई लक्ष्मी सि.टि. अस्पताल डुम्रे मा सामान्य उपचार पश्चात थप उपचारको लागी पोखरा सामुदायिक अस्पताल पठाएको बाँया खुट्टामा चोट अवस्था मध्यम रहेको छ । यस्तै साेहिदिन शुक्लागण्डकी न.पा. ५ बेलचौतारा स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा.प्र.०२-०५७ प २६९२ नं. को मो.सा. र विपरितदिशाबाट आउँदै गरेको ग ९ प ७९१८ नं. को मो.सा. एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जना मानिसहरु घाईते भएका छन् ।उनिहरूलाई उपचारको लागी जि.पी. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा पठाइएकाे छ । दुर्घटनामा घाइते हुनेमा बा.प्र. ०२-०५७ प २६९२ नं. को मो.सा. चालक:- सिन्धुपाल्चोक बारबिसे गा.पा. ६ बस्ने २८ को सुनिल श्रेष्ठ (९८२८७९२८३१), दायाँ हातको औलामा चोट, अवस्था सामान्य, २) सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २८ को कमल श्रेष्ठ, दायाँ हातमा चोट, अवस्था मध्यम रहेको छ ।
यस्तै साेहि दिन म्याग्दे गा.पा. १ गुणादी स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा थर्पुबाट दमौली तर्फ जादै गरेको ग १ ख ९३०१ नं. को (अं. ३० जना सवार) बस चालकले नियन्त्रण गुमाई सडकको बाँया छेउको डिभाईडरमा ठोक्किदा दुर्घटना भएकाे छ । दुर्घटनामा बसमा सवार पोखरा म.न.पा. ३२ बस्ने बर्ष ४० रमेश आचार्य टाउको र बाँया घुडामा चोट अवस्था मध्यम । ( 9815146530) ,म्याग्दे गा.पा. १ बस्ने बर्ष ६७ को रन बहादुर थापा( 9803686289) निधार र दाहिने पाखुरामा चोट अवस्था मध्यम,ऐ.ऐ. बस्ने मोती बहादुर थापा टाउकोमा चोट अवस्था सामान्य ,ऐ. ३ बस्ने बर्ष ९० को पशुपतीनाथ घिमिरे अनुहारमा चोट अवस्था मध्यम,.ऐ. २ बस्ने बर्ष २२ की अस्मिता शाही बाँया घुडामा भित्री चोट अवस्था सामान्य,.ऐ.ऐ. बस्ने बर्ष ६९ को पदम बहादुर दर्लामी ओठमा र बाँया घुडामा भित्री चोट अवस्था सामान्य.ऋषिङ गा.पा. २ बस्ने बर्ष ५० को नर बहादुर माकिम(9829241636) नाक र ओठमा चोट अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यस्तै घिरिङ गा.पा. ३ बस्ने बर्ष ५२ को ऋषीराम थापा बाँया हातमा भित्री चोट अवस्था सामान्य,.ऐ.ऐ. बस्ने निजको छोरी बर्ष १५ कि कञ्चन थापा बाँया खुट्टा र बाँया आखाँमा चोट अवस्था सामान्य.ऐ.ऐ. बस्ने बर्ष ४६ को देउ बहादुर थापा बाँया हातमा चोट अवस्था सामान्य.ऐ. ५ बस्ने बर्ष २७ की सुमित्रा थापा बाँया हातमा चोट अवस्था सामान्य र चितवन भरतपुर म.न.पा. १ बस्ने बर्ष ५० की सुर्यकला आचार्य दुबै खुट्टामा चोट अवस्था सामान्य रहेको छ ।


यस्तै साेहि दिन आँबुखैरेनी गा.पा.१ बरादी स्थित पृथ्बीराजमार्गमा डुम्रेबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग.२१ प. ३०७६ नं को स्कुटर चालकले नियन्त्रण गुमाई सडक छेउको पोलमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटरमा सवार मानिसहरु घाईते भई उपचारको लागी हेल्प टु हेल्प स्वास्थ्य क्लनिक सत्रसय ल्याएकोमा थप उपचारको लागी दुबै जना घाईते लाई CMC भरतपुर रिफर गरिएको छ ।घाइते हुनेमा स्कुटर चालक गोरखा न.पा.१४ बस्ने अ. बर्ष २६ को राज कुमार दरै दुबै हात खुट्टामा चोट, अवस्था मध्यम बोल्न सक्ने र पछाडी सवार :- ऐ.ऐ. बस्ने बर्ष ६० की सुकमाय दराई बाँया खुट्टा र बाँया हातमा चोट मध्यम बोल्न सक्ने रहेको प्रहरीले बताएको छ ।

यसैगरी साेहिदिन शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा स्थित पृथ्वीराजमार्गमा पोखराबाट दमौली तर्फ जाँदै गरेको ग २ च ७९७१ नं. को कारले बाटो क्रस गर्ने क्रममा २ जना पैदलयात्रीहरुलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि स्थानीय दुलेगौँडा पोलिक्लिनिकमा पठाएको छ । घाइते हुनेमा पैदलयात्री शुक्लागण्डकी न.पा.३ कवासे चोक बस्ने बर्ष ३० की अप्सरा श्रेष्ठ (९८६६११९६६), टाउको र दुबै खुट्टामा चोट, अवस्था मध्यम र ऐ.ऐ. बस्ने बर्ष ११ को समिर श्रेष्ठ टाउकोमा चाेट रहेको छ । यस्तै साेहि दिन आँबुखैरेनी गा.पा.१ एक्लेफाँट स्थित डुम्रेबाट आँबुखैरेनी तर्फ आउँदै गरेको बा. प्र.०२-०५८ प.२९१८ नं को मो.सा.ले पैदल यात्री ऐ.ऐ. एक्लेफाँट बस्ने अं. बर्ष-३५ को प्रेम परियारलाई ठक्कर दिई घाईते भई उपचारको लागी आँबुखैरेनी अस्पताल ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी CMC अस्पताल भरतपुर चितवन लगेको दाहिने हातको पाखुरामा र टाउकोमा चोट अवस्था मध्यम रहेको छ ।
यस्तै भिमादबाट ऋषिङपाटन तर्फ जाँदै गरेको ग ८ प १७० नं. को मो.सा. चालकले नियन्त्रण गुमाई ऐ.ऐ. बस्ने दुलराज मिश्रको घरको सटरमा ठक्कर खान जाँदा मो.सा.चालक ऐ.ऐ. बस्ने बर्ष २५ को अमृत परियार घाईते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएको छाती र अनुहारमा चोट अवस्था मध्यम रहेको छ । यसैगरी बन्दिपुर गा.पा. १ पिप्ले स्थित भित्री सडक खण्डमा पानी टयाङ्की बाट डुम्रे तर्फ आउदै गरेको म.प्र.०३-०४०प १६४१ नं. को स्कुटर चालकले नियन्त्रण गुमाइ दुर्घटना हुँदा दुई जना घाइते भइ उपचारको लागी मोती अस्पताल डुम्रे पठाइएकोमा ऐ. २०:२० बजे CMC अस्पताल भरतपुर चितवन रिफर गरिएको छ ।घाइते हुनेमा स्कुटर चालक बन्दिपुर १ बस्ने बर्ष ३४ को सुरेस कुमार राई टाउको र गालामा चोट अबस्था मध्यम बोल्न सक्ने र पछाडी सवारी ऐ.ऐ.बस्ने बर्ष ३० को सोनम थापा टाउकोमा चोट अबस्था मध्यम बोल्न सक्ने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्कीले बताए ।
























