दुलेगौंडाका न्याैपानेलाइ लामा र पाैडेलले कुटे

दुलेगौंडाका न्याैपानेलाइ लामा र पाैडेलले कुटे

तनहुँकाे शुक्लागण्डकी न.पा.४ दुलेगौंडा स्थित हेल्थपोष्ट चोक नजिकै एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । शुक्ला ५ गल्छिना बस्ने बर्ष २५ का दिपेश न्यौपाने माथि सामान्य विवादको निहुँमा दुलेगौंडा बस्ने बर्ष २६ को कुमार लामा र बर्ष २९ को निशान पौडेलले कुटपिट गरेका थिए ।

कुटपिटबाट घाईते भएका न्याैपानेलाइ उपचारको लागि जि.पि. कोईराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्र झरौटा पठाइएकोमा ढाडमा चोट अवस्था मध्यम रहेकोले थप उपचारकाे लागि गण्डकी अस्पताल पाेखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page