बेनीकोटको सुन्तला बाटोको स्तर उन्नति हुन नसक्दा बजारीकरणमा समस्या  

बेनीकोटको सुन्तला बाटोको स्तर उन्नति हुन नसक्दा बजारीकरणमा समस्या  

तनहुँकाे ब्यास १३ स्थित रहेको बेनीकोट दमौली बजार बाट ७ किलोमिटरको दुरिमा रहेको छ। सुनकोटको रुपमा परिचीत यस गाउँमा ब्यवसायिक रुपमा सुन्तला खेती हुँदै आएको छ। भिरालो सडक भएको सडकको स्तर उन्नति हुन नसक्दा यहाँको सुन्तला बजारीकरणको लागि ढुवानि जोखिमपूर्ण हुने गरेको स्थानिय ब्यवसायी कृषक लेख बहादुर थापाले बताए। दिनहुँ अहिले बेनीकोट बाट ५ गाडी सुन्तला जिल्ला बाट बाहिरिने गरेको छ जोखिमपुर्ण बाटो भएको कारण जुनसुकै दुर्घटना निम्तन सक्ने अवस्था रहेको थापाले बताए। यहाँ सुन्तला नभएको घर नै छैन एक घरमा कम्तिमा २० बोट सुन्तला देखि अधिकतम ८०० वटा बोटहरु सम्म रहेको छ। यतिबेला सुन्तला किनबेचको लागि गाउमा ठेकेदार हरु आउने खरिद गर्ने गाडिमा ढुवानी गरि काठमाडौं, चितवन, पोखरा सम्म सुन्तला पुग्ने गरेको छ। मंसिर महिना धान भित्र्याउन ब्यस्त हुनुपर्ने समयमा यहाका किसानहरु करोडौंको सुन्तला बेच्न मंसिर महिना भर सुन्तला टिप्न   ब्यस्त रहेका छन् । स्थानीय कृषक तारा थापाले यस बर्ष ३ लाख ८० हजारको सुन्तला बेचेको बताइन्। यस बाट घरखर्चका साथै सुन्तलाको लागि मलजलमा खर्च हुने उनलेे बताइन्।

स्थानिय कृषक फल बहादुर थापाले १६ लाख ५० हजारको सुन्तला बेचेको बताए । उनि सिद्धबेनी माबिका पुर्व शिक्षक पनि हुन।
यस्तै काल बहादुर रानाले ४ लाखको सुन्तला बेचेकाे जानकारी दिए । गाउमै ठेकेदार आउने सुन्तलाको मोलमोलाइ गरेपछी बोट किन्ने टिप्ने ढुवानी गर्ने सम्बन्धित ठेकदारले नै गर्ने हुँदा बेनीकोट गाउले यो बर्ष २ करोड बराबरको सुन्तला बाट आम्दानी गरेको स्थानीय बासी बताउँछन। मन सिह थापाले २ लाख १० हजारको सुन्तला बेचे । उनी सुन्तला खेती गर्न थालेपछी बारिमा बर्सेनि सुन्तलाको बिरुवा रोप्ने व्यक्ती हुन्। उनलेे अन्य खेती भन्दा सहज र मनग्ये आम्दानी हुने गरेको बताए।

अर्का कृषक दिन बहादुर थापाले ३ लाखको सुन्तला बेचेकाे र घरमै सुन्तला बिक्ने हुदा राम्रो आम्दानी सुन्तला बाट हुने गरेको बताए।

कोटगाउका दिपक थापाले सुन्तलामा उचित मलजल पानीको सिचाइ गर्नुपर्ने हुन्छ। यस बर्ष धेरै सुन्तलाको बोट रोगले उत्पादनमा गिरावट आयो। बिरुवा उत्पादन गरि रोप्ने पुराना रोगी बोट पहिचान गरि नया बोटहरु रोप्ने योजना रहेको उनलेे बताए। दैनिक ४/५ गाडी सुन्तला ढुवानी हुने यस गाउमा बाटोको स्तर उन्नति हुन नसक्दा सुन्तला बजारिकरणमा समस्या भएको स्थानियको जनगुनासो रहि आएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page