डुम्रेमा कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुई महिला घाइते, पोखरा रिफर

डुम्रेमा कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुई महिला घाइते, पोखरा रिफर


तनहुँको बन्दीपुर गाउँपालिका–१ स्याउलीस्थित पृथ्वीराजमार्गमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको बा.प्र.०१–०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण गुमाई पैदल यात्रीलाई ठक्कर दिएको छ। कारको ठक्करबाट लिला जौशी (३८ वर्ष)म्याग्दी, धौलागिरी गाउँपालिका–७ चोट: कम्मर मुनी चोट, अवस्था मध्यम र लिला सुवेदी (३८ वर्ष)बेनी नगरपालिका–२ चोट: दाहिने खुट्टामा चोट, अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घटना लगत्तै कार तथा चालकलाई प्रहरी चौकी डुम्रेले नियन्त्रणमा लिएको जनाएको छ। दुवैजनालाई प्रारम्भिक उपचारका लागि लक्ष्मी सिटी अस्पताल डुम्रे लगिएको र अहिले पाेखरामा उपचार भइरहेको जनाइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page