रास्वपा नेता न्याैपानेले मन्त्री घिसिङलाई ऋषिङ घिरिङ बिकासकाे अवधारणा पत्र बुझाए

रास्वपा नेता न्याैपानेले मन्त्री घिसिङलाई ऋषिङ घिरिङ बिकासकाे अवधारणा पत्र बुझाए

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा ईन्जिनियर श्रीराम न्यौपानेले ऋषिङ–घिरिङ गाउँपालिका समेट्ने कालिगन्डकी टार क्षेत्रलाई दिगो औद्योगिक तथा शहरी विकासकोलागि रणनीतिक केन्द्रको रुपमा विकास गर्न माग गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात ऊर्जा तथा जलस्रोत तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई शुक्रबार अवधारणापत्र बुझाउँदै न्यौपानेले सो माग गरेका हुन्-

माननीय मन्त्रीज्यू,
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,
सहरी विकास मन्त्रालय, र
ऊर्जा तथा जलस्रोत मन्त्रालय,

विषय:- तनहुँको ऋषिङ, घिरिङ स्थित कालीगण्डकी टार क्षेत्रलाई दिगो औद्योगिक तथा शहरी विकासका लागि रणनीतिक केन्द्रका रूपमा विकास गर्न प्रस्ताव बारे।

१. प्रस्तावना
तनहुँ जिल्लाको रिसिङ–घिरिङ र नवलपुर क्षेत्रअन्तर्गत कालीगण्डकी नदीको दुबै किनारमा अवस्थित १० हजार हेक्टर भन्दा बढी क्षेत्रफल ओगटेको टार क्षेत्र हाल न्यून–उपयोग, घट्दो बसोबास र आधारभूत सेवाको अभावमा लगभग Virgin Land को रूपमा रहेको छ। भूगोल, कच्चा पदार्थ, ऊर्जा स्रोत, सडक पहुँच र नवलपरासी धौवादी फलाम खानी नजिक रहेको राष्ट्रिय स्थान–केन्द्रिकताका दृष्टिले हेर्दा यो क्षेत्र उद्योग–केन्द्रित सहर विकासका लागि अत्यन्त उपयुक्त देखिन्छ।

निर्माण सामग्री, भूमि उपलब्धता तथा रणनीतिक अवस्थान्तरणका कारण यस क्षेत्रलाई ठूला उद्योगका लागि Mass-Scale Production Zone, ऊर्जा विकास केन्द्र वा आधुनिक स्मार्ट सिटी तथा कृषि–उद्योग क्लस्टरका रूपमा रूपान्तरण गर्ने विशिष्ट अवसर मौजूद देखिएकोले राज्यको गम्भीर ध्यानाकर्षण होस् भन्ने हाम्रो माग छ। दुवैतिर अग्ला पहाडको बीचमा बस्ती न्यून र भूमि प्रशस्त भएको हुनाले दीर्घकालीन राष्ट्रिय परियोजनाको लागि यो क्षेत्र अत्यन्त सम्भावनायुक्त आधारभूमि बन्ने देखिन्छ।

२. भौगोलिक र पहुँचगत विशेषता
कालीगण्डकी कोरिडोर (North–South Highway) सडक सीमानामा अवस्थित दुबैतर्फ अग्ला पहाडले घेरिएको तर फराकिलो, समथर, निर्माण अनुकूल ठूलो संख्यामा पूर्वाधारका लागि उपयुक्त टार क्षेत्र रहेको छ।
पूर्व पश्चिम महेन्द्र राजमार्गको मध्यभागमा अवस्थित तथा पोखरा, नारायणगढ, बुटवल, भैरहवा सवै शहरहरू २ घण्टाभित्र पुग्न सकिने र राजधानी काठमाडौं समेत धेरै टाढा नपर्ने रणनीतिक स्थान रहेको छ।
दुबैतिर अग्ला पहाड/डाँडाले घेरेको तथा कालीगण्डकीको उच्च डिस्चार्जयुक्त पानी भएकोले कलकारखानाका लागि आवस्यक प्रशस्त पानी सहितको फलाम प्रशोधन र म्यानुफ्याक्चरिङका लागि एक उत्कृष्ट जलस्रोत तथा प्राकृतिक सुरक्षा वृत्तको सुविधायुक्त स्थानको रुपमा लिन सकिन्छ।
३. वर्तमान अवस्था
आवादी न्यून, सहरतिर बसाइँसराइ, विद्यालयहरुमा न्युन विद्यार्थी, सेवा विस्तारको खाँचो, स्वास्थ्य चौकीमा उपकरण र जनशक्ति अभाव रहेको पाइन्छ।
कतै खानेपानीको समेत अभाव भएको र खानेपानी उपलव्ध भएको ठाउँमा पनि स्वच्छ खानेपानीको पहुँच नभएको पाइन्छ।
कृषि तथा भू–उपयोग न्यून रहेकाले अझै ‘Virgin Land’ नै भन्न सकिन्छ।
४. कच्चा पदार्थ (Raw Material) को उपलब्धता
कालीगण्डकी र सेती नदीको डिपोजिट क्षेत्रमा गिट्टी–बालुवा तथा ढुंगा सहजै उपलब्ध हुने।
धौबादी फलामखानी (Nawalparasi) नजिक भएकोले—फलाम प्रशोधन र Manufacturing Plant उद्योगका लागि आदर्श दूरी मान्न सकिन्छ।
वरिपरिका डाँडाहरूमा निर्माण–सामाग्री तथा चुनढुङ्गा जस्ता खनिज पदार्थ समेत पर्याप्त रहेको पाइन्छ।
पानी, जमिन, ऊर्जा र पहुँच मार्ग लगायत मुख्य आधारभूत कच्चा स्रोतहरूको समानान्तर उपलब्धता रहेको छ।
५. सम्भावित प्रमुख विकासका मोडेलहरू

क) Heavy Industry Corridor / Industrial Processing Zone
फलाम प्रशोधन उद्योग (Iron Processing & Fabrication) नवलपुरको धौवदी फलाम कच्चा पदार्थसम्मको दुरी १६ कि मि रहेको
सिमेन्ट उद्योग (Large Scale Cement Production)
गिट्टी–बालुवा प्रशोधन (Large Scale Aggregates Processing Plants)
Prefab, Steel Structure, Rod, Cement Block Production Cluster
जलविद्युत आयोजनाका लागि आवस्यक फलाम, सिमेन्ट जस्ता निर्माण सामाग्री उत्पादन केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ।
ख) निर्माण–सामाग्री ‘Export Hub’
India Border नजिक रहेको तथा India-Nepal-China-Connectivity को सुनिश्चितता कालीगण्डकी कोरिडोरले गरेको पाइन्छ।
ग) Hydropower–Linked Energy Hub
कालीगण्डकी दायरा–क्षेत्रमा उच्च जलविद्युत र सौर्य ऊर्जाको सम्भावना रहेको छ।
उद्योग तथा स्मार्ट सिटीलाई स्थिर र पर्याप्त विद्युत् आपूर्ति दिन सकिन्छ
Green Industrial Ecosystem को आधार बन्ने देखिन्छ।
घ) विकल्पमा Modern Smart City Development Zone
समथर विस्तृत क्षेत्र— Master-planned Smart City का लागि पनि आदर्श क्षेत्र रहेको छ।
चौडा सडक, हरित क्षेत्र, डिजिटल प्रविधियुक्त सिटी सिस्टमको रुपमा विकास गर्न सकिने।
Clean Industrial City + Residential Smart Township
नेपालको पूर्व पश्चिमको मध्यभागमा New Growth Pole को रूपमा सिर्जना गर्न सकिने।
६. अब किन त ? (Justification for Immediate Development)
टार क्षेत्र Virgin Land भएकोले — विस्थापन खर्च कम लाग्ने।
पूर्वाधार (हाइवे, बिजुली) नजिकै रहेकोले —मुआव्जा कम, लागत कम, प्रतिफल उच्च, बजारको पहुँचमा भएको।
व्यापार, उद्योग, ऊर्जा—तीनै क्षेत्र मिल्ने दुर्लभ भूगोल देखिएको।
राष्ट्रिय तथा प्रादेशिक हिसावले सन्तुलित विकासमा केंद्रीय नोड (Central Node) बन्ने सम्भावना।
भारत सीमा नजिकका सहरहरूलाई जोड्ने—”Export–Ready Industrial Belt” को रुपमा चित्रित गर्न सकिने।
७. प्राथमिक कार्ययोजना (Proposed Action Plan)

क) Detailed Feasibility Study (DFS) – 6 Months
भू–उपयोग, पर्यावरण, ऊर्जा, कच्चा पदार्थ, बस्ती व्यवस्थापन
विकल्पको रूपमा स्मार्ट ग्राम मास्टरप्लान–कोर डिजाइन
ख) Land Zoning & Infrastructure Layout – 1 Year
Industrial Zone
Logistics Hub
Smart Residential & Commercial Zone
Green Buffer Belt
Hydro, Solar, Wind & Hydrogen Energy Zone
ग) Strategic Partnerships
PPP Model
International Industrial Investors
Hydropower–Industry Integration Model
घ) Initial Priority Projects
Iron Processing Park
Construction Materials Mega-Cluster
Smart Village Phase-1
Clean Drinking Water & Utility Grid
Green Hydrogen Energy Production- Pilot Project
Solar Energy Zone
ङ) अपेक्षित प्रतिफल (Expected Impact) क्षेत्र

सम्भावित लाभहरु:-
आर्थिक
ठूलो रोजगारी, हालको वार्षिक २ खर्बको र आगामी ५ वर्ष भित्र वार्षिक ५ खर्बको फलामको आयातलाई शुन्यमा झारी निर्यात बढाउँदै GDP ह्वात्तै उकास्ने।
भू–विकास ।
नयाँ सहर, व्यवस्थित बस्ती, पूर्वाधार विस्तारको विकल्प
ऊर्जा (जलस्रोत, सौर्य, वायु र हाइड्रोजन इनर्जी) को उत्पादन र खपत गर्न सकिने सम्भावना रहेको
Green Energy आधारित उद्योगको विकास
सामाजिक सुरक्षामा योगदान
स्वास्थ्य, शिक्षा, खानेपानीमा सुधार
रणनीतिक फाइदा
नेपालका प्रमुख सहरहरूको बीचमा नयाँ ‘Economic Hub’
Isolated टारमा डाटा सर्भर स्टेशनको स्थापना

निष्कर्ष
कालीगण्डकी टार क्षेत्र नेपालको अप्रयुक्त तर उच्च सम्भावनायुक्त प्राकृतिक आर्थिक क्षेत्र मध्ये एक हो। आधुनिक उद्योग, ऊर्जा वा स्मार्ट सिटीको समायोजनमा आधारित राष्ट्रिय महत्वको ‘Mega Development Project’ गठन गरेमा यो स्थान नेपालको आर्थिक इन्जिन बन्न सक्छ।

संलग्न सामाग्री (पेश गर्न बाँकी)
फोटो/भिडियोहरु
कालीगण्डकी नदी र टार क्षेत्रका एरियल फोटो
सडक (कालीगण्डकी कोरिडोर) को दृश्य
गिट्टी–बालुवा तथा फलामखानी क्षेत्रका दृश्य
सम्भावित Smart City वा Industrial Zone को Concept Render
क्षेत्रको Map Overlay (Existing vs Proposed
विद्युत खपत र रोजगारीको अवसर बढाइ देशको अर्थतन्त्रलाई चलायमान मात्र होइन ह्वात्तै उकास्ने यस्तो बहुउद्देश्य आयोजनाको सम्भावनालाई पूर्ण रुपमा निस्तेज पार्ने तथा तल्लो तटीय क्षेत्र देवघाटसम्म पार्नसक्ने थुप्रै प्रभावलाई अध्ययन नगरी हचुवाका भरमा कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना अगाडि सार्नु देश जनता विकास र भावि पुस्ताप्रति ठुलो घात हुने देखिएकोले उक्त डाइभर्सन आयोजनालाई तत्काल रोक्न माननीय मन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ।

अन्त्यमा,
प्रस्तुत विषयवस्तुमा माननीय मन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भई आवश्यक कदम चालिनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ। तनहुँका जनताको मात्र नभई सबै नेपालीको दीर्घकालीन हित, समग्र विकास र संस्थागत सुधारका लागि यो ज्ञापनपत्र मार्गदर्शक बन्नेछ भन्ने अपेक्षा गर्दछौँ।
यस ज्ञापनपत्रको रूपरेखा निर्माण, अवधारणा (Concept) विकास, भिजन निर्धारण तथा योजनाको प्रारम्भिक ड्राफ्ट तयार गर्ने कार्य –

सोच कर्ता, योजनाकार तथा Vision कर्ता – ई. श्रीराम न्यौपाने (तनहुँ) वाट गरिएको हो।

समग्र तनहुँवासीको तर्फबाट, विभिन्न क्षेत्रका सरोकारवाला प्रतिनिधि, समुदायका अगुवाहरू र नागरिक समाजका सदस्यहरूको उपस्थितिमा यो ज्ञापनपत्र माननीय मन्त्रीज्यूलाई औपचारिक रूपमा प्रस्तुत गरिएको छ।

धन्यवाद।

मिति:- २०८२/०८/१९ गते।

समग्र तनहुँवासीको तर्फबाट

१. ई. श्रीराम न्यौपाने –

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page