तनहुँ कारागारबाट फरार कैदी थापा पक्राउ

तनहुँ कारागारबाट फरार कैदी थापा पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरू तथा GEN-Z समूहको आन्दोलनका क्रममा कारागार तोडफोड गरी फरार भएका कैदी तथा थुनुवालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका फरार प्रतिवादीहरूलाई लगत कट्टाका लागि सम्मानित जिल्ला अदालत तनहुँमा बुझाइएको छ भने कैदी तथा थुनुवालाई कैद भुक्तानका लागि जिल्ला कारागार तनहुँमा दाखिला गरिएको छ।
पक्राउ पर्ने फरार प्रतिवादीमा जिल्ला तनहुँ, म्याग्दे गाउँपालिका–७ निवासी होम बहादुर नेपाली रहेका छन्। उनलाई सम्मानित जिल्ला अदालत तनहुँको लगत नं. ५६–०८०–००४०९ (मु.द. नं. ०८०-C४-००३२) अन्तर्गत चेक अनादर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त मुद्दामा रु. ५०० जरिवाना तोकिएको थियो र धरौटी बुझाई उनी छुटेका थिए।


यसैगरी, GEN-Z समूहको आन्दोलनका क्रममा मिति २०८२/०५/२३ र २४ गते कारागार कार्यालय तनहुँमा तोडफोड गरी फरार भएका कैदी तथा थुनुवामध्ये जिल्ला तनहुँ, बन्दिपुर गाउँपालिका–६ निवासी सोम बहादुर थापा (जबरजस्ती करणी मुद्दाका कैदी) लाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
प्रहरीले अन्य फरार प्रतिवादी तथा कैदीहरूको खोजी कार्य निरन्तर जारी रहेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page