तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सभापतिमा शेषराज श्रेष्ठ विजयी

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सभापतिमा शेषराज श्रेष्ठ विजयी


तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सभापतिमा शेषराज श्रेष्ठ विजयी भएका छन्। मंगलबार राति सम्पन्न मतगणनाको नतिजाअनुसार श्रेष्ठले आफ्ना प्रतिस्पर्धी अन्जु दाहाललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्। निर्वाचित श्रेष्ठले २३५ र दाहालले १८१ मत ल्याएकी थिइन् ।
कडा प्रतिस्पर्धाका बीच सम्पन्न निर्वाचनमा कुल ४२२ मत खसेको थियो। पटक–पटक सहमतिका लागि प्रयास गरिए पनि सभापति पदमा सहमति हुन नसकेपछि मतदान प्रक्रिया अपनाइएको थियो। अन्य पदहरूमा भने सहमति जुटेको थियो।


इकाईको उपसभापतिमा नारायण मल्ल र कोषाध्यक्षमा युवराज भण्डारी सर्वसम्मत रूपमा चयन भएका छन्।
यस्तै, सदस्य पदमा बलराम वाग्ले, दीपक राई, गोविन्द बराली, मिलनराज न्यौपाने, नविन पुरी, नारायण सापकोटा, पूर्णबहादुर विक, पुरुषोत्तम पौडेल, प्रेमकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजु गोशली, सुनिल अधिकारी, अली मिया र सुमिन मल्ल सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page