नेपाल शिक्षक संघ आँबुखैरेनीको सातौं प्रतिनिधिसभा तथा शिक्षक मिलन समारोह सम्पन्न

तनहुँ, आँबुखैरेनी – नेपाल शिक्षक संघ स्थानीय इकाई समिति आँबुखैरेनीको सातौं प्रतिनिधिसभा तथा शिक्षक मिलन समारोह आज (२०८२/०९/२६) मितिमा माई छिम्केश्वरी पार्टी प्यालेस, आँबुखैरेनी-३ मा सम्पन्न भएको छ। कार्यक्रममा “गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पूर्वाधार” भन्ने नाराका साथ संघका अध्यक्ष रमेशबाबु भट्टराई प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा ने.का.आँबुखैरेनीका सभापति बिजय गुरुङ, ने.शि.संघ तनहुँ जिल्ला सचिव नरेन्द्रनाथ न्यौपाने विशिष्ट अतिथि, साथै आँबुखैरेनी गा.पा. वडा नं. ३ का अध्यक्ष दिनेश के.सि., वडा नं. ४ का अध्यक्ष मिलन भूजेल, विभिन्न पार्टी तथा संघ संस्थाका प्रतिनिधिहरू, विद्यालय प्रमुख तथा शिक्षक प्रतिनिधिहरू लगायत ५९ जना सहभागी थिए।
कार्यक्रमको अवसरमा नवप्रवेशी शिक्षकहरू र अन्य पालिकाबाट सरुवा भएर आएका शिक्षकहरूलाई प्रमुख अतिथिले खादा तथा टिका लगाएर सम्मान गरिएको थियो। साथै, यस वर्ष माथिल्लो श्रेणीमा बढुवा भएका शिक्षकहरू, आयोगको परीक्षाबाट स्थायी भएका शिक्षकहरू, र सेवानिवृत्त शिक्षकहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

औपचारिक कार्यक्रमको क्रममा वक्ताहरूले शिक्षकको कर्तव्य, दायित्व, हक अधिकार, पेशागत दक्षता र शिक्षक एकताको विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा अध्यक्ष पृथ्वीबहादुर गुरुङको सभापतित्व रहेको थियो भने सचिव नवराज मिश्रले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

























