समाजसेवी मानकाजी श्रेष्ठद्वारा विष्णु मा वि लाई १० लाखको चमेना गृह निर्माणको घोषणा

समाजसेवी मानकाजी श्रेष्ठद्वारा विष्णु मा वि लाई १० लाखको चमेना गृह निर्माणको घोषणा


तनहुँ । बन्दिपुर गाउँपालिका–१ स्थित विष्णु माध्यमिक विद्यालयको ५८औँ वार्षिक उत्सवको अवसरमा स्थानीय समाजसेवी तथा तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठले विद्यालयलाई महत्वपूर्ण सहयोगको घोषणा गर्नुभएको छ।


उहाँले आफ्ना बुवा–आमा तथा छोरा सिजनको स्मृतिमा करिब १० लाख रुपैयाँ लागतमा दुई कोठे सुविधा सम्पन्न चमेना गृह निर्माण गरी विद्यालयलाई हस्तान्तरण गर्ने घोषणा गर्नुभएको हो। उक्त चमेना गृह निर्माण पश्चात् विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई दैनिक शैक्षिक गतिविधिमा सहजता पुग्ने विश्वास गरिएको छ।
विद्यालयको सुधारलाई आधार वर्षका रूपमा अगाडि बढाउने लक्ष्यका साथ गरिएको यो सहयोगले पठनपाठनलाई अझ केन्द्रित बनाउँदै शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विद्यालय परिवारले जनाएको छ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूले समाजसेवी मानकाजी श्रेष्ठप्रति आभार व्यक्त गर्दै उहाँको योगदान प्रेरणादायी रहेको बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page