अध्यक्ष श्रेष्ठकाे जन्मदिनको अवसरमा अजम्बरी र जलदेवी प्राविमा शैक्षिक सामग्री सहयोग
ऋषिङ, तनहुँ — ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च नगरी शिक्षा क्षेत्रमा सहयोग गर्नुभएको छ।
अध्यक्ष श्रेष्ठले ऋषिङ गाउँपालिका–८ स्थित अजम्बरी प्राथमिक विद्यालय तथा वडा नं. ७ मा रहेको जलदेवी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गर्नुभएको हो।

जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गरिएको यस कार्यले विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


























