पञ्चकन्या आधारभूत विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पञ्चकन्या आधारभूत विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


म्याग्दे, तनहुँ — पञ्चकन्या आधारभूत विद्यालय म्याग्दे ५ को ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुल बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा म्याग्दे गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष शिव बहादुर आले प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने म्याग्दे गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु के.सी. विशिष्ट अतिथि रहनु भएको थियो।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष याम बहादुर थापा, पूर्व अध्यक्षहरू जित बहादुर थापा र पुन बहादुर थापा, पूर्व बाल विकास समिति अध्यक्ष देउ बहादुर थापा, पूर्व प्रधानाध्यापक वसन्त राज भट्टराई, पूर्व शिक्षकहरू मकर सिंह राना तथा माया गुरुङ लगायतको उपस्थिति रहेको थियो।
यसैगरी म्याग्दे गाउँपालिका वडा नं. ६ अन्तर्गत रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति अर्याल, सत्यवती टोल विकास संस्थाका अध्यक्ष, सगरमाथा आमा समूहका अध्यक्ष तथा अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घोषण विद्यालयका प्रधानाध्यापक पदम श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यालय कर्मचारी विमला थापाले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूको विविध सांस्कृतिक प्रस्तुति, अभिभावक–शिक्षक अन्तरक्रिया तथा विद्यालयको शैक्षिक प्रगतिको समीक्षा गरिएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page