राप्रपा तनहुँ–२ का उम्मेदवार यामबहादुर ठकुरीद्वारा खर्च विवरण सार्वजनिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार यामबहादुर ठकुरीले निर्वाचन अभियानसँग सम्बन्धित खर्च विवरण सार्वजनिक गरेका छन्।
उम्मेदवार ठकुरीले जिल्ला निर्वाचन कार्यालयमार्फत पेश गरिएको विवरणमा प्रचार–प्रसार, सवारी साधन, इन्धन, स्टेसनरी लगायत शीर्षकमा भएको खर्च समावेश गरिएको छ। सार्वजनिक गरिएको विवरण अनुसार उनले कुल करिब ३ लाख ६ हजार रुपैयाँभन्दा बढी खर्च गरेको उल्लेख गरिएको छ।
खर्च विवरणमा सबैभन्दा बढी रकम प्रचार–प्रसार सम्बन्धी शीर्षकमा खर्च भएको देखिएको छ भने सवारी साधन र इन्धनमा पनि उल्लेखनीय रकम व्यय गरिएको छ। यसैगरी स्टेसनरी, गाडी भाडा लगायत अन्य विविध शीर्षकमा समेत खर्च गरिएको जनाइएको छ।

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूले चुनावी खर्चको विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानअनुसार ठकुरीले आफ्नो खर्च विवरण सार्वजनिक गरेका हुन्।




























