गृहमन्त्रीविरुद्ध कारबाहीको माग गर्दै जेनजी मुभमेन्टको निवेदन
काठमाडौं — जेनजी मुभमेन्ट, नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न माग गर्दै नेपाल प्रहरी प्रधान कार्यालयमा औपचारिक निवेदन पेश गरेको छ।
प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित निवेदनमा गृहमन्त्रीमाथि गम्भीर आरोप लागेको उल्लेख गर्दै पदमा रहँदा निष्पक्ष अनुसन्धान सम्भव नहुने र conflict of interest हुने दाबी गरिएको छ।
निवेदनमा कानुनी आधार उल्लेख गर्दै निष्पक्ष अनुसन्धानका लागि पक्राउ आवश्यक रहेको तथा प्रमाण नष्ट गर्ने वा अनुसन्धान प्रभावित पार्ने सम्भावना रहेको जनाइएको छ।

साथै, आन्दोलन दुरुपयोग, गैरकानुनी गतिविधि तथा राजनीतिक स्वार्थका आरोपसमेत लगाउँदै स्वतन्त्र, दबाबमुक्त र समयबद्ध छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ।


























