दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनमा भाग्यशाली चिट्ठा विजेता सार्वजनिक
तनहुँ, बैशाख — दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन २०८३ लाई अझ आकर्षक, मनोरञ्जनात्मक र सहभागितामूलक बनाउने उद्देश्यसहित आयोजना गरिएको भाग्यशाली चिट्ठा उपहार कार्यक्रमका विजेताहरू सार्वजनिक गरिएको छ।
बैशाख ४ र ५ गते सम्पन्न सम्मेलनका अवसरमा प्रति चिट्ठा रु. ५० का दरले सञ्चालन गरिएको चिट्ठा कार्यक्रममार्फत विभिन्न आकर्षक पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।
पुरस्कार विवरण
प्रथम पुरस्कार स्वरूप ११ इन्चको खैजेरी (रु. ९ हजार बराबर) १ जनालाई प्रदान गरिएको छ। त्यसैगरी दोस्रो पुरस्कार ९ इन्चको खैजेरी (रु. ७ हजार बराबर) १ जनालाई र तेस्रो पुरस्कार झर्रा (रु. ३ हजार बराबर) १ जनालाई प्रदान गरिएको छ। साथै पाँच जनालाई सान्त्वना पुरस्कारस्वरूप इयरफोन वितरण गरिएको छ।
विजेताहरू
प्रथम पुरस्कार पूर्ण कुमारी थापा (टिकट नं. २४७३) ले प्राप्त गरेकी छन्। दोस्रो पुरस्कार युवराज थापा मगर (टिकट नं. ३६२) र तेस्रो पुरस्कार राजु पुलामी मगर (टिकट नं. ६६४) ले प्राप्त गरेका छन्।
त्यस्तै सान्त्वना पुरस्कारमा नयाँगाउँ मगर समाज, केश बहादुर थापा, दिल जंग थापा मगर, मन्दिप थापा मगर र बाबुराम थापा मगर विजयी भएका नेपाल मगर संघ तनहुँका अध्यक्ष एचबी मगरले बताए ।
दाबी प्रक्रिया
विजेताहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्धकट्टि टिकट, परिचयपत्रसहित नेपाल मगर संघ जिल्ला समन्वय समितिको भवन वा सम्बन्धित पदाधिकारीसँग सम्पर्क गरी पुरस्कार दाबी गर्नुपर्ने आयोजकले जनाएको छ।

यसैबाट नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष हर्क थापा मगरले सम्पूर्ण विजेतालाई बधाई दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।


























