तनहुँमा अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न ५ सवारी कारबाहीमा, ६० हजार जरिवाना

तनहुँमा अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न ५ सवारी कारबाहीमा, ६० हजार जरिवाना


दमौली, जेठ २२ । तनहुँ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न पाँच वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार विभिन्न मितिमा गरिएको चेकजाँचका क्रममा कानुनी कागजातबिनै नदीजन्य पदार्थ ढुवानी गरिरहेका सवारी साधनहरू शुक्लागण्डकी नगरपालिका–२ स्थित सुरौँदीघाट र वडा नं. ७ स्थित क्षेत्रबाट नियन्त्रणमा लिइएका थिए।
नियन्त्रणमा लिइएका पाँचवटै सवारी साधनलाई आवश्यक कारबाहीका लागि शुक्लागण्डकी नगरपालिकामा पठाइएको थियो। नगरपालिकाले प्रत्येक सवारी साधनलाई १२ हजार रुपैयाँका दरले जरिवाना गर्दै जम्मा ६० हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

प्रहरीले अवैध नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै लगिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा नदीजन्य स्रोतको संरक्षण तथा कानुनी व्यवस्थाको पालना गराउन यस्ता कारबाहीलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page