महायज्ञ सुरु नहुँदै दान संकलन, भक्तजनको उत्साहजनक सहयोग

महायज्ञ सुरु नहुँदै दान संकलन, भक्तजनको उत्साहजनक सहयोग


दमौली, जेठ २३ — व्यास–९ माझफाँटस्थित माहेन्द्रेश्वर महादेव मन्दिरमा आयोजना हुन लागेको महायज्ञ सुरु हुनुअघि नै भक्तजनबाट दान तथा सहयोग रकम आउन थालेको छ।
जेठ २४ गतेदेखि सुरु हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेका बेला स्थानीय तथा शुभेच्छुकहरूले धार्मिक कार्यप्रति उत्साह देखाउँदै आर्थिक सहयोग प्रदान गर्न थालेका हुन्।
हालसम्म सरस्वती आमा समूहले रु. २५ हजार २०, शिवु थापाले रु. १० हजार ५, सुवर्ण भद्र आचार्यले रु. ५ हजार ५५ र भरत बोहराले रु. ५ हजार १०५ सहयोग प्रदान गरेका छन्।
व्यास ९ का वडा सदस्य सन्तोष जिसीले महायज्ञ सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको जनाएका छन् । समितिका अध्यक्ष बामदेव न्याैपानेले धार्मिक तथा सामाजिक महत्व बोकेको कार्यक्रम भएकाले सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्।

स्थानीयवासीको उत्साहजनक साथले महायज्ञलाई थप भव्य बनाउन मद्दत पुगेको आयोजकको भनाइ छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page