असंवेदनशील रूपमा पशु ओसारपसार गरिएको सवारी नियन्त्रणमा
तनहुँ, जेठ २५ । जिल्ला प्रहरी कार्यालय तनहुँको चेकजाँच टोलीले पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–५ चापाघाटबाट असंवेदनशील रूपमा ओसारपसार गरिएका ५ वटा गोरुसहित टाटा योद्धा पिकअप नियन्त्रणमा लिएको छ।

जेठ २४ गते राति ९:२५ बजे गरिएको चेकजाँचका क्रममा आवश्यक कागजातविनै गोरु बोकेको सवारी फेला परेपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ ल्याइएको थियो। पछि व्यास नगरपालिकामा पठाइएको उक्त मुद्दामा रु १० हजार जरिवाना गरी सवारी तथा पशु छाडिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।





























