सडक अतिक्रमण नहटाए व्यास नगरपालिकाले डोजर चलाउने, १५ साउनसम्म अन्तिम चेतावनी

सडक अतिक्रमण नहटाए व्यास नगरपालिकाले डोजर चलाउने, १५ साउनसम्म अन्तिम चेतावनी


दमौली, साउन १ — व्यास नगरपालिकाले बजार क्षेत्रमा सडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउन अटेरी गर्ने घरधनी तथा व्यवसायीलाई १५ साउनसम्म अन्तिम मौका दिएको छ। तोकिएको समयभित्र संरचना नहटाए नगरपालिकाले कानुनी प्रक्रिया अपनाएर बल प्रयोग गरी हटाउने चेतावनी दिएको छ।
नगर कार्यपालिकाको २६२औँ बैठकले वडा नं. १, २, ३ र ४ का बजार क्षेत्रमा सडक अतिक्रमण गर्ने संरचना, पसलका टहरा, छज्जा तथा छानाको पानी सिधै सडकमा खसाल्ने पाइप अनिवार्य रूपमा हटाउने निर्णय गरेको हो।


नगरपालिकाले यसअघि ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि पूर्ण रूपमा कार्यान्वयन नभएकाले अब सम्बन्धित वडा, घरधनी र व्यवसायीसँग अन्तिम समन्वय गरी २०८३ साउन १५ पछि अटेरी गरिएका संरचना नगरपालिकाले आफैं हटाउने जनाएको छ।
नगरपालिकाका अनुसार सडक सार्वजनिक सम्पत्ति भएकाले अतिक्रमण कुनै हालतमा स्वीकार गरिने छैन। सडकको सुन्दरता, सुरक्षा र सहज आवागमनका लागि अभियानलाई कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page