तनहुँ–२ का सांसद न्यौपानेद्वारा प्रमुख जिल्ला अधिकारीसँग भेट, विकास खर्च र सुकुम्बासी व्यवस्थापनबारे छलफल

तनहुँ–२ का सांसद न्यौपानेद्वारा प्रमुख जिल्ला अधिकारीसँग भेट, विकास खर्च र सुकुम्बासी व्यवस्थापनबारे छलफल


तनहुँ–२ का प्रतिनिधिसभा सदस्य इ. श्रीराम न्यौपानेले साउन १ गते तनहुँका प्रमुख जिल्ला अधिकारीसँग भेट गरी जिल्लाको विकास निर्माण, विकास खर्च वृद्धि तथा सुकुम्बासी व्यवस्थापनका विषयमा छलफल गरेका छन्।
भेटका क्रममा गत आर्थिक वर्षमा भएको न्यून विकास खर्चको समीक्षा गर्दै आगामी आर्थिक वर्षमा विकास खर्च बढाउने उपायबारे छलफल भएको उनले जानकारी दिएका छन्। साथै, साउन ५ गते आयोजना हुने कार्यालय प्रमुख तथा आयोजना प्रमुखहरूको प्रस्तुतिकरण कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा पनि कुराकानी भएको जनाइएको छ।


त्यसैगरी, तनहुँका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गरी लालपुर्जा वितरण प्रक्रियालाई अघि बढाउने विषयमा समेत छलफल भएको छ। यसै सन्दर्भमा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलसँग संवाद गरी छुट भएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका आवेदन पुनः खुला गर्न सूचना जारी गर्ने अधिकार प्रत्यायोजनका लागि अनुरोध गरिएको सांसद न्यौपानेले बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page