अविरल वर्षापछि अस्तव्यस्त बनेको श्रिङ मार्ग मर्मत सुरु, मालेबगर–सुनाकोट खण्ड सुचारु बनाउन पहल

भिमाद, साउन ७। लगातारको वर्षापछि हिलो, खाल्डाखुल्डी र क्षतिका कारण अस्तव्यस्त बनेको श्रिङ मार्गअन्तर्गत मालेबगरदेखि सुनाकोट खण्डलाई पुनः सुचारुयोग्य बनाउन भिमाद नगरपालिकाको पहलमा मर्मत कार्य सुरु गरिएको छ।
केही दिनयता सडकको अवस्था अत्यन्तै जर्जर बनेपछि स्थानीयवासी तथा यात्रुले सास्ती भोग्दै आएका थिए। त्यसलाई मध्यनजर गर्दै सडक मर्मतका लागि आवश्यक डोजर परिचालन गरिएको हो।
यस कार्यका लागि आवश्यक अवधिभर डोजर उपलब्ध गराएकोमा ऋषिङ गाउँपालिका–८ का वडाध्यक्ष भरतकृष्ण श्रेष्ठप्रति आभार व्यक्त गरिएको छ। साथै, सडक डिभिजन कार्यालय दमौलीलाई पनि आवश्यक समन्वय र सहयोगका लागि धन्यवाद दिइएको छ।

वडाध्यक्ष पदम सेन ठकुरीका अनुसार सडकलाई पूर्ण रूपमा सुचारुयोग्य बनाउन शुक्रबार पनि मर्मत कार्यलाई निरन्तरता दिइनेछ। मर्मत सम्पन्न भएपछि स्थानीयवासी र सवारीसाधन आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।

























