घाँसी खड्क बहादुर थापा मगरको अर्धकद शालिक तोडफोडप्रति नेपाल मगर संघ तनहुँको आपत्ति

घाँसी खड्क बहादुर थापा मगरको अर्धकद शालिक तोडफोडप्रति नेपाल मगर संघ तनहुँको आपत्ति


तनहुँसँग जोडिएको लमजुङको मध्यनेपाल नगरपालिका–४, रिस्ती किनारामा रहेको नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यका प्रेरणास्रोत घाँसी खड्क बहादुर थापा मगरको अर्धकद शालिकमा राति अज्ञात समूहले गरेको तोडफोडप्रति नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले घाँसी खड्क बहादुर थापा मगर नेपाली भाषा–साहित्य र सामाजिक इतिहासका महत्वपूर्ण व्यक्तित्व भएको उल्लेख गर्दै शालिक तोडफोडलाई इतिहास, पहिचान र सामाजिक सद्भावमाथिको प्रहारको संज्ञा दिएको छ। घटनाको घोर भर्त्सना गर्दै दोषीको निष्पक्ष अनुसन्धान गरी तत्काल कानुनी कारबाही गर्न स्थानीय सरकार र प्रहरी प्रशासनसँग माग गरेको छ।


त्यस्तै, क्षतिग्रस्त अर्धकद शालिकलाई पूर्ण सम्मानका साथ पुनर्निर्माण तथा पुनःस्थापना गर्न पनि संघले आग्रह गरेको छ। साथै, अपराधीलाई उन्मुक्ति दिने वा घटना ढाकछोप गर्ने प्रयास भए इतिहास, सामाजिक न्याय र अधिकार रक्षाका लागि आदिवासी समुदाय तथा आम नागरिक एकजुट भएर आवाज उठाउने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page