प्रतिबन्धित लागूऔषधसहित लमजुङका दुई युवा तनहुँमा पक्राउ

प्रतिबन्धित लागूऔषधसहित लमजुङका दुई युवा तनहुँमा पक्राउ


दमौली । तनहुँ प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलबाट खटिएको प्रहरी टोलीले आइतबार आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
मुग्लिङबाट डुम्रेतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार सुन्दरबजार नगरपालिका–१, लमजुङका र दूधपोखरी गाउँपालिका–३, लमजुङका दुई पुरुषको साथबाट लुकाइछिपाइ ल्याइएको डायजेपाम १८ एम्पुल, बुप्रेनोर्फिन १८ एम्पुल र फेनरगन १८ एम्पुल गरी जम्मा ५४ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।


लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति प्राप्त गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page