तनहुँमा जिप दुर्घटना : १२ जना घाइते, चालकको अवस्था मध्यम
दमौली, साउन १२ — तनहुँमा भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइते सबैलाई मंगलबार दिउँसो २:०० बजे जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक शुक्लागण्डकी नगरपालिका–१२ निवासी ४८ वर्षीय केशबहादुर सुनारको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।
त्यसैगरी शुक्लागण्डकी–१२ का ५९ वर्षीय खेमबहादुर ठकुरीको दुवै हात र खुट्टामा, ४० वर्षीया लक्ष्मी मल्लको बायाँ खुट्टामा, ३८ वर्षीय ढकबहादुर गुरुङको छातीमा भित्री चोट तथा बायाँ खुट्टामा, १९ वर्षीया निशा गुरुङको हातमा, ३८ वर्षीया टिका गुरुङको खुट्टा र आँखामा, ३७ वर्षीया संगीता गुरुङको बायाँ हातमा, ३३ वर्षीया सुचना गुरुङको बाहिरी चोट नदेखिएको, ५४ वर्षीया अञ्जु ठकुरीको बायाँ हात र टाउकोमा, ८ वर्षीय एलबिक ठकुरीको टाउकोमा, १२ वर्षीय सौगात ठकुरीको अनुहारमा तथा ५१ वर्षीया झरिमाया खाँडको बायाँ हात र टाउकोमा चोट लागेको छ।

प्रहरीका अनुसार चालकबाहेक अन्य सबै घाइतेको अवस्था सामान्य रहेको छ। दुर्घटनामा ४ पुरुष, ६ महिला र २ बालक गरी कुल १२ जना घाइते भएका छन्। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

























