राजा महेन्द्रकाे सालिकमा शीर राखियो
व्यास नगरपालिका वडा नं ३ दमाैली स्थित पार्कमा रहेको महेन्द्रको सालिकमा शीर राखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँका जिल्ला अध्यक्ष विनोद घर्तिको नेतृत्वमा बुधबार बिहान ४ बजेको समयमा सालिकमा महेन्द्रको शीर राखिएको हो । उक्त स्थानमा पृथ्वी जयन्तीकै दिनमा शीर राख्ने तयारी गरिएको भएपनि प्रशासनको अवरोधका कारण सालिकको शीर राख्ने कार्य सफल हुन सकेको थिएन । सालिकमा शीर राखिएको विषयलाई सर्वसाधारणहरुले सामाजिक सञ्जाल मार्फत सकारात्मक प्रतिक्रिया दिएका छन् । इतिहाससंग जोडिएको विषयलाई संरक्षण गर्नुपर्ने सर्वसाधारणको भनाई रहेको छ ।

























