व्यासमा मेयर पदको पुनः मतगणना गर्न अन्तरकालिन आदेश माग गर्दै हालेकाे रिटको पेशी २७ गते
व्यास नगरपालिकाको उच्च अदालतले असार २ गते पुन: मतगणना गर्ने भनी दिएको उक्त आदेश उपर सर्वोच्च अदालदमा अन्तरकालिन आदेश माग गर्दे मेयर वैकुण्ठ नाथ न्यौपानेले रिट जायर गरेका छन्।यसको पेशी २७ गते आइतवार तोकीएको छ।


तनहुँको व्यास नगरपालिकाको मेयरको पुनः मतगणना असार २ गते गर्न उच्च अदालत पोखराले आदेश दिएको थियो। उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले पुनः मतगणना गर्न फैसला गरेको थियो । फैसलामा असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना अदालतले आदेश दिएको थियो ।


२०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए ।



























