राधाकृष्ण मन्दिर बनाउन मिश्र परिवारकाे एक लाख २५ हजार सहयोग
व्यास नगरपालिका-१ खरिस्वारा निवासी बाबा आमा बाबुराम मिश्र , लक्ष्मी मिश्र , श्रीमती बिमला मिश्र ले छोरा प्रकाश मिश्रकाे जन्मदिनका अवसरमा चारकुनेमा निर्माणाधीन राधाकृष्ण मन्दिरलाई रु.१ लाख २५ हजार १ सय ११ रूपयाँ दान गरेका छन् ।

उक्त रकम मन्दिर निर्माण समितिका अध्यक्ष भरत भण्डारीलाइ प्रदान गरिएको छ । जन्मदिनमा गरिने फजुल खर्च मन्दिर निर्माण कार्यमा सहयोग गरिएको मिश्र परिवारले बताएकाे छ । समाजमा खर्चिलो तरिकाले जन्मदिन मनाउने प्रचलन बढ्दै गएको अवस्थामा सामाजिक क्षेत्रमा खर्च गर्ने योजना अनुुरुप सहयोग प्रदान गरेको मिश्र परिवारले जानकारी दिए ।

अनावश्यक रुपमा गरिने खर्चलाई सामाजिक क्रियाकलापमा खर्च गर्ने बानी अन्य व्यक्तिका लागि समेत सकारात्मक सन्देश बन्न सक्ने उनले बताए । यस स्थानलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न आकर्षक मन्दिर निर्माण कार्य थालिएको छ । देशविदेशमा रहेका नेपाली दाजुभाई तथा स्वदेशका विभिन्न संघसंस्था र व्यक्तिबाट समेत आर्थिक संकलन गर्न टोलबासी सक्रिय रुपमा जुटेको मन्दिर निर्माण समितिका सचिव ज्ञानेन्द्र जिसीले जानकारी दिए । मन्दिर निर्माणका लागि हालसम्म दश लाख बढी आर्थिक संकलन भैसकेको सो मन्दिर निर्माण समितिले जनाएको छ ।
मन्दिर निर्माणकाे लागि रकम सहयोग गरेकोमा मन्दिर समितिले मिश्र परिवारलाई धन्यवाद दिएको छ ।
























