दमाैली बजारमा डाेजर पस्यो , सडक मापदण्ड मनलाग्दी , नगरपालिका निरीह

मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको दमौली बजारमा डाेजर पसेको छ । बजारका घरहरू भत्काउन विलम्ब भइरहँदा काम नैं प्रभावित भएको र बजार धुलो र हिलोले अस्तव्यस्त भएको गुनासोका बिच पछिल्लो समय काम अगाडि बढ्ने संकेत देखिएको छ ।


व्यास ३ तर्फकाे दुर्गा मन्दिर आसपास संरचना हटाउने र व्यास ४ तर्फकाे पुरानो ट्राफिक कार्यालय देखि मार्फाली हाेटल तर्फकाे भागमा डाेजरले नाला खन्ने काम अगाडि बढाइएको छ । यस्तै बजारमा नयाँ बिजुलीका पाेलहरू गाड्ने तथा तार स्थानान्तरण गर्ने काम समेत धमाधम अगाडि बढेको छ । उता बजारकाे प्रवेशद्वार बुल्दी खाेला नजिकै डाँडा कटिङ गर्नु ,अर्को प्रवेशद्वार मादी पुलतर्फवाट खन्न थाल्नुले सडक याेजनाले दमाैली बजारलाइ थप दबाबमा पारेको छ ।

सडक मापदण्ड मनलाग्दि
लामो समयदेखिकाे बजार भित्रकाे मुख्य बिवाद सडक मापदण्ड कति मिटरको भन्नेमा छ । यही बिवादका कारण घरहरू भत्काउन विलम्ब भएको हाे । मुख्य सडकमा खासगरी सेन्टर पइंट बिवाद छ । व्यास ४ का बासिन्दाले पुरानो नाला तल भएकोले तल देखाउने र व्यास २ का बासिन्दाले माथि पट्टी पुरानो नाला पुरिएकोले माथि हाे भन्दै गर्दा कामनैं प्रभावित भएको हाे । यही बिवाद र काेलाहलका बिच केही घर धनीले भने आफुखुसी घर भत्काएर निर्माण समेत गरिसकेका छन् । ती भत्केका घरहरू काेही २१ काेही २२ र काेही २३ मिटरकाे दुरिमा छन् । त्यही मनलाग्दी मापदण्डका कारण अहिले बिजुलीका पाेलहरू कतिपयकाे घरमै जाेडिन पुगेको छ । जवकी बिजुलीको पाेलवाट घरको दुरी दुई मिटरको हुनुपर्ने र त्यहाँ नाला तथा फुटपाथ रहनुपर्ने नियम छ ।
व्यास नगरपालिका निरीह
बजारका घरहरू भत्काउने सम्बन्धमा व्यास नगरपालिका भने निरीह देखिएको छ । मुआव्जा पाएर घर भत्काइ बनाएका घर धनीले कति मिटर मापदण्ड छाेडेर बनाउँदै छन् ? त्यो देखेर पनि नदेखेको जस्तो गरेर बस्नु नपाकाे गम्भीर गल्ती भएको बजारबासी बताउँछन् । कसको कतिमा बनाउँदै छन् भन्ने हेर्न पर्दैन ? बनाएको बेलामा नहेर्ने अहिले यस्तो उस्तो भनेर के अर्थ ? एक स्थानीयले आक्राेसित हुँदै भने । खासगरी सबैलाई ८२ फुटकाे मापदण्डमा लाने र समान बनाइ मुआव्जा पनि त्यहीअनुसार दिने गरेको भए दमाैली बजार कति राम्रो देखिन्थ्यो अर्का एक स्थानीयले भने । तर यहाँ सडकले पनि नगरपालिकाले पनि लुच्याइँ गर्याे , सडकले पनि हामीलाई २३ मिटर हाे चाहिएको भनेर टकटकियाे , नपाले पनि याे लफडामा किन पस्ने भनेर पन्छियाे ।
यता अधिकांश स्थानीयकाे २३ मिटरको समस्या समाधान भएको भनिएपनी केही स्थानीयकाे भने समस्या टुंगोमा पुगिसकेको छैन । नगरपालिकाबाट ७५ फुटकाे मापदण्डमा बनेका घरहरू भन्दै नक्सा पास र घर सम्पन्नकाे कागज दिएको नपाले अहिले भने ७५ फुटले घर खान्छ , भत्काउन पर्छ भनेर चिन्ह लगाएकाेले समस्या भएको हाे । प्राविधिककाे फित्ताले नाप्ने कुरापनी कहिले कहाँ कहिले कहाँ हुन्छर ? अहिले भत्कने भए हामीलाई किन घर सम्पन्न दिएकाे त ? यसको सबै जिम्मेवारी नगरपालिकाले लिनुपर्छ घर धनीहरूकाे माग छ ।
























