भिमादमा बजार अनुगमन , ठुलो परिमाणमा म्याद नाघेका र अखाद्य बस्तु नस्ट
तनहुँकाे भिमादमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा ठुलो परिमाणमा म्याद नाघेका र अखाद्य बस्तु फेला परेको र ती बस्तुलाइ नष्ट गरिएको छ ।

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको नेतृत्वमा भएको बजार अनुगमनमा पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीको संयोजकत्वमा सो समितिको प्रतिनिधि सदस्यहरु , कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल एवम् पशु विज्ञ केन्द्र, दमौली अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
यस्तै भिमाद नगर उद्योग वाणिज्यका प्रतिनिधि, भिमाद इलाका प्रहरी कार्यालयका प्रमुख, भिमाद नगरपालिकाको प्रमुख, उप प्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृत लगाएत स्वास्थ्य शाखा संयोजक , प्रशासन एवम् नगरपालिकाका कर्मचारीहरु , औषधी व्यवसायी संघको प्रतिनिधि लगायतको संयुक्त अनुगमन टोलिले भिमाद नगरपालिका वडा नं. ६ भिमाद बजारका विभिन्न किराना पसल, होटल, डिपाटमेन्टर स्टोर्स, मासु पसल, पशु तथा एग्रो फर्म, मेडिकल तथा स्वस्थ्य क्लिनिक गरी ३१ वटा पसलमा अनुगमन गरिएको बताइएको छ । सो क्रममा रु १५ हजार बराबरको बिभिन्न म्याद नाघेका एवम् अखाद्य सामाग्रीहरु कोकोकोला, फ्रेन्टा, लेज, मिठाइ, चक्लेट, मिट मसला, कुरकुरे, माछा, पापड, फलफुल गरी ६वटा पसलबाट सामान बरामद गरी नष्ट गरिएको र अन्य पसल एवम् व्यवसायीलाइ सचेत गराइएको थियो । सो अनुगमन टोलिलाई भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदी , उपमेयर शारदा खनाल , प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पुन लगाएतले सहजीकरण गरेका थिए ।

























