ठेक्का याेजनामा कमिसन खान्छन् जनप्रतिनिधिहरू !
तनहुँकाे व्यास नगरपालिकाका केही वडा अध्यक्षहरूले याेजनामा कमिसन माग्ने गरेको बताइएको छ । ती वडा अध्यक्षहरूले वडा अन्तर्गतका अधिकांश याेजनामा ५ देखि ३० प्रतिशत सम्म कमिसन माग्ने गरेको साेही वडाका एक वडा सदस्यले नाम नवताउने सर्तमा बताए ।

यस बिषयमा उपभोक्ता समितिलाई सम्पर्क गर्दा याेजना परेपछि वडा अध्यक्षले ” ल फलानोलाई दिन पर्याे ” पछि काम लाग्ने मान्छे हाे भनेकाे र उसलाई ठेक्का दिएमा कागजात देखि रकम निकासीका कुराहरूमा छिटो र सहज हुने जनाएको बताए ।

वडा अध्यक्षले नै भनेपछि त्यही पेटी ठेकेदारलाई काम दिएको भन्दै ती उपभोक्ता समितिका अध्यक्षले भने – काममा गुणस्तरीयता नदेखिएपनी प्राविधिकले पास गरेकोले संका गर्ने ठाउँ धेरै रहेको बताए । यस्ता काममा खासगरी रिटेनिङवाल , नाली जस्ता याेजनामा बढी कमिसन आउने तर त्यसको तुलनामा भवन बाट धेरै नआउने बताइएको छ । यस्तै १० लाख भन्दा माथिको टेण्डर भएको अवस्थामा नगरपालिकाबाटै सेटिङ हुने समेत एक सदस्यले बताए ।
























