नयाँ शहर आयोजना कार्यालय डूम्रे भन्सारको एकीकृत सरकारी भवनको उपप्रधानमन्त्री सिंह द्वारा उद्घाटन

नयाँ शहर आयोजना कार्यालय डूम्रे भन्सारको एकीकृत सरकारी भवनको उपप्रधानमन्त्री सिंह द्वारा उद्घाटन

उप प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नयाँ शहर आयोजना कार्यालय डूम्रे भन्सार तनहुँको एकीकृत सरकारी भवनको उद्वघाटन गरेका छन् ।
सुक्रवार तनहुँकाे भानु आएका मन्त्री सिंहले भानु ४ चुँदी स्थित भानुभक्त जन्मस्थलमा अवस्थित राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरि सम्मान एवम् आदिकविको नेपाली साहित्यिक जगतमा पूर्याउनू भएको योगदानको स्मरण गरेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथि सिंहले भानु जन्मस्थल मोटर मार्ग,भानु १ स्थित भानु क्षेत्रिय रंगशालाको निरीक्षण गर्नुका साथै भानुको जन्मघर भानु नगरपालिका आफ़ैमा गौरवको भूमि रहेको र पालिकाको बृहत्तर विकासको लागि आफु सकारात्मक रहेको धारणा व्यक्त गरेका थिए ।
भानु नगर प्रमुख आनन्द राज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी,जन प्रतिनिधि ,पूर्व जन प्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि,संघ संस्था,सुरक्षा निकाय ,पत्रकार ,आमा समूह,क्लब र राष्ट्रसेवक कर्मचारीको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page