राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँकाे सभापतिमा निर्विकल्प विश्व बास्तोला

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँकाे सभापतिमा निर्विकल्प विश्व बास्तोला


मंसिर १५ गते सनिवार राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँकाे जिल्ला भेला हुँदैछ । तनहुँ उद्योग बाणिज्य संघको हलमा हुने उक्त भेलामा रास्वपा उपसभापति एवम् तनहुँ क्षेत्र नं १ का सांसद डाक्टर स्वर्णिम वाग्ले लगायतका नेता आउने भएका छन् ।


रास्वपाकाे भाेली हुने भेलाले ११ सदस्यीय जिल्ला समिति बनाउने बताइएको छ । जसमा
सभापति , उपसभापति , सचिव , सहसचिव र काेशाध्यक्ष सहितको पदाधिकारी र सदस्य गरि ११ जना रहने र जिल्ला सभापतिले दुई जना मनाेनीत गरेपछि १३ सदस्यीय जिल्ला कमिटी बन्ने भएको छ ।


यस्तै भाेलिकाे भेलाले क्षेत्रीय सभापति २ सहित ७ सदस्यीय क्षेत्रीय समिति बनाउने रास्वपाका एक नेताले बताए । समितिका केही सदस्यमा टुंगो लगाउन बाँकी रहेपनी अधिकांश पदहरूमा सहमति भइसकेको छ । जसअनुसार जिल्ला सभापतिमा विश्व बास्तोला निर्विकल्प देखिएका छन् । क्षेत्रीय सभापतिमा पनि विष्णु पन्त र डाक्टर शेषरमण न्याैपानेकाे सम्भावना बढी देखिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page